News Portal

उपप्रमुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौँ। आसन्न उपनिर्वाचनमा चार गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सुर्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरूले मात्रै उम्मेदवारी दिन पाउने भएका हुन्।

ती गाउँपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरू पदमा बहाल रहेकाले राजनीतिक दलहरूबाट महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो।

उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ।

तीमध्ये ४ वटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो।

रिक्तमध्ये अहिले नै प्रमुख वा उपप्रमुखमा महिला जनप्रतिनिधि भएका ठाउँमा भने यो व्यवस्था अनिवार्य हुनेछैन।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख वा उपप्रमुख पदमा रिक्त स्थानीय तहमा एउटा पदमा यसअघि नै पुरुष निर्वाचित भए महिलाको मात्रै उम्मेदवारी हुने निर्णय भएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...