News Portal

ललित बस्नेत नेविसंघ जाजरकोटमा नै किन ?

हिमाली संचार संवाददाता
८३० पटक

आर.बि. शाही
जाजरकोट : नेपाल विद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा भएको थियो।

त्यही गर्विलो इतिहास बोकेको नेविसंघ जाजरकोटमा नयाँ नेतृत्व लिन दौडधुप सुरु भएको छ। आउने १२ औ महाधिवेशन अघि जिल्लाहरुको अधिवेशन धमाधम भईरहेको सन्दर्भमा जाजरकोटमा यही पुस १६ गते हुने अधिवेशनको युवा नेता प्रदिप पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

जिल्लामा सहमतिबाट नेविसंघको नेतृत्व चयन गर्ने अभ्यास पनि हुने छ। यदी सहमति नजुटेमा मतदानबाट भएपनि नेतृत्व चयन गरिने छ। नेतृत्वका लागि पाँच जना युवाहरुले दाबी पेश गरेका छन्। नेविसंघ जाजरकोट नेतृत्वका लागि ललित बस्नेत पनि एक प्रमुख दाबेदार हुन।

को हुन ललित बस्नेत ?

जाजरकोटको साविक झाप्रा गाबिस हाल छेडागाड नगरपालिका वडा नम्बर ११ मा जन्मिएका ललित बस्नेत नेविसंघ जाजरकोटको नेतृत्व गर्न सक्ने सक्षम युवा हुन। २७ वर्षीय युवा ललित सानैदेखी नेपाली काँग्रेसको वारेमा जान्न चाहने र चार तारे झण्डालाई अत्यन्तै प्रेम गर्थे।

नेतृत्व क्षमतामा अब्बल, सबैसंग मिल्नसक्ने, बिभिन्न समस्याको समाधानमा कुशलतापूर्वक भुमिका निर्वाह गर्न सक्ने एवं नेपाल बिद्यार्थी संघको इतिहासदेखी वर्तमान अवस्थाका वारेमा प्रष्टसंग विचार व्यक्त गर्न सक्ने युवा हुन।

नेविसंघ जाजरकोटमा ललित बस्नेत नै किन ?

ललित बस्नेत यसअघि नेविसंघ जाजरकोटको क्षेत्रीय सचीव हुँदै हाल जिल्ला सहसचिव पदमा रहेका छन्। यसक्रममा उनको सक्रीयता र कामका कारण जिल्लामा मात्र नभएर केन्द्रसम्म राम्रो छाप छाड्न सफल भएका छन्।

केन्द्रमा रहदा उनले जाजरकोटबाट आएका विद्यार्थीसंगको सम्बन्धलाई बढाउदै उनीहरुका समस्या समाधान गर्नेदेखी अन्य जाजरकोटीहरुका समस्यामा निरन्तर साथ दिइरहेका छन्।

जाजरकोटवाट कोही बिरामी भएर काठमाडौं जाँदा उनले अस्पताल पुर्‍याउने, आर्थिक समस्या भएमा रकम जुटाउने काममा पनि सघाउदै आएका छन्। विशेष गरी समाजसेवी एवं काँग्रेसका लोकप्रिय नेता राजिवविक्रम शाहसंगको समन्वयमा उनले बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुँदै आएका छन्।

ललित बस्नेतका घरपरिवार नेपाली कांग्रेस भएकै कारण सशस्त्र द्धन्दको समयमा तत्कालिन माओवादीबाट विभिन्न बाहानामा दुख भाग्नु पर्थ्यो।

काँग्रेस भएकै कारण ललित स्कुल पढ्न जादा द्वन्दको समयमा तत्कालिन नेकपा माओवादीको अपहरणमा परेका थिए। त्यसक्रममा उनले थुप्रै दबाब र पिडा झेल्नु परेको थियो। तर पनि उनले हार खाएनन नेपाली काँग्रेसवाटै केही गरेर देखाउछ भनेरै आज जिल्लाको नेतृत्व हाक्न तयार छन्।

यस विचमा देशमा व्याप्त हिंसा, हत्या, बलात्कार, कालोबजारी, महंगी लगायतका विकृती विरुद्ध नेविसंघले सडक संघर्ष गरेको छ। त्यसक्रममा ललित बस्नेत पनि हरेक आन्दोलनमा सरिक भईरहे।
काठमाडौंमा न्यायको लागि गरेको संघर्षका क्रममा ललितले नेतृत्व गर्दै गर्दा प्रहरीले दमन समेत गर्‍यो।

प्रहरीको मरनासन्न कुटाईपछी उनलाई अस्पताल समेत लगिएको थियो। तर पनि उनी थाकेनन हातमा पट्टी बाँधेर भएपनि न्यायको लडाई लडिरहे।

जाजरकोटमा नेपाल बिद्यार्थीसंघको नेतृत्वका लागि प्रमुख दाबेदार मानिएका ललित जिल्लाका सबै विद्यार्थीसंग परिचित र नजिक छन्। उनले नेतृत्व गरेमा संगठनलाई थप मजबुत बनाउँदै सबै बिद्यार्थीका समस्या समाधानमा सक्ने खुबी राख्दछन्। त्यसैले अवको नेतृत्व आफुलाई दिन सबै विद्यार्थी माझ उनले अपिल गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...