News Portal

धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

२७७ पटक

धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग भेटघाटमा भक्कानिएका छन्। प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि लक्ष्य पूरा नगरी फर्किएपछि उनी भावुक बनेका हुन्।

हर्कले विदेशीहरूले देश टेकओभर गर्न सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले बताए, आफूलाई खानेपानी र श्रम मन्त्रालय दिइएको भए पनि स्वीकार नगरेको र “अरूलाई ढोगेर पद पाउँ भन्ने खालको मान्छे होइन म” भने।

भेटघाटमा हर्कले थपे, “सबै नेताहरू भागाभाग छन्, पार्टी कार्यालय तहसनहस छन्। को शक्ति आउँछ भन्ने स्पष्ट छैन।” उनले आफूले देश बचाउन आगोमा हाम फाल्ने निर्णय गरेको र शुभचिन्तकहरूले काठमाडौंमा गोली लाग्न सक्छ भन्दै चेतावनी दिएको भए पनि “लाग्छ भने लागोस्” भनी अघि बढेको बताए।

हर्कले वर्तमान सरकारको वैधतामा प्रश्न उठाउँदै भने, “जेएनजी आन्दोलनमा संलग्न सबैलाई अपराधी मान्ने हो भने सरकारको वैधता के हो? यसको जिम्मेवारी गृह मन्त्रालय र वर्तमान सरकारले लिनुपर्छ।”

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रधानमन्त्री बन्न काठमाडौं आएका हर्क अन्ततः धरान फर्किएर पत्रकारहरूसँग आफ्नो अनुभव साझा गर्न पुगेका हुन्।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...