News Portal

धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

४८२ पटक

धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग भेटघाटमा भक्कानिएका छन्। प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि लक्ष्य पूरा नगरी फर्किएपछि उनी भावुक बनेका हुन्।

हर्कले विदेशीहरूले देश टेकओभर गर्न सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले बताए, आफूलाई खानेपानी र श्रम मन्त्रालय दिइएको भए पनि स्वीकार नगरेको र “अरूलाई ढोगेर पद पाउँ भन्ने खालको मान्छे होइन म” भने।

भेटघाटमा हर्कले थपे, “सबै नेताहरू भागाभाग छन्, पार्टी कार्यालय तहसनहस छन्। को शक्ति आउँछ भन्ने स्पष्ट छैन।” उनले आफूले देश बचाउन आगोमा हाम फाल्ने निर्णय गरेको र शुभचिन्तकहरूले काठमाडौंमा गोली लाग्न सक्छ भन्दै चेतावनी दिएको भए पनि “लाग्छ भने लागोस्” भनी अघि बढेको बताए।

हर्कले वर्तमान सरकारको वैधतामा प्रश्न उठाउँदै भने, “जेएनजी आन्दोलनमा संलग्न सबैलाई अपराधी मान्ने हो भने सरकारको वैधता के हो? यसको जिम्मेवारी गृह मन्त्रालय र वर्तमान सरकारले लिनुपर्छ।”

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रधानमन्त्री बन्न काठमाडौं आएका हर्क अन्ततः धरान फर्किएर पत्रकारहरूसँग आफ्नो अनुभव साझा गर्न पुगेका हुन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...