News Portal

  • ‘साइकलमन्त्री’सँग गाडीको लस्कर

    हिमाली संचार संवाददाता
    ४१६ पटक

    काठमाडौं -संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारीसाधनका नाममा पुरानो साइकलमात्र ।

    त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।

    मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

    उनी मन्त्रालयले उपलब्ध गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । गृहले मन्त्रीको शपथ लिएकै दिन ३ फागुनमा सशस्त्र प्रहरीका एक चालकसहित यो गाडी उपलब्ध गराएको थियो । यो गाडी अधिकांश समय मन्त्री निवासमै हुन्छ

    पत्नी विमला महतका लागि मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी तानेका छन् । यसअघि उक्त गाडी तत्कालीन स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही चढ्थिन् ।

    सशस्त्र प्रहरीका सहायक हवल्दार कृष्ण भण्डारीले चलाउने यो गाडीलाई हरेक दिन मन्त्रीपत्नी विमलाले व्यक्तिगत काममा प्रयोग गर्छिन् । मन्त्री पण्डितकै आग्रहमा उक्त गाडीको रातो–नीलो प्लेट हटाएर सेतो राखिएको मन्त्रालयका अधिकारीले बताए ।

    मन्त्री पण्डितले आफूले प्रयोग गर्ने दुइटासहित निवासमा थप दुई गाडी प्रयोग भएको स्विकारे । ‘सुविधाले पाउने गाडीबाहेक मसँग अरू छैन,’ उनले भने, ‘क–कसले कुन–कुन चढ्छन्, मलाई थाहा छैन ।’ उनको निजी सचिवालयले तत्कालीन स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को बा २ झ ५५५ नम्बरको हाइलक्स गाडीसमेत दुरुपयोग गरिरहेको छ ।

    ‘यो गाडी मन्त्रीकै मान्छे/कार्यकर्ताले प्रयोग गर्छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘चालक र इन्धन अनावश्यक काममा प्रयोग भएको देखेर पनि मन्त्रीज्यूले चाल नपाएजस्तो गर्नुभएको छ ।’ कार्यकर्ता र निजी सचिवालयले निवास र मन्त्रालय आउजाउ गर्न यो गाडी प्रयोग गर्दै आएका छन् ।

    साढे तीन महिना पहिले यसलाई मन्त्री पण्डितका निजी सचिव होम लुइँटेलले प्रयोग गर्थे । उनको दिल्लीस्थित नेपाली दूतावासमा सरुवा भए पनि गाडी सचिवालयमै छ । स्वकीय सचिव मनोज राईका लागि फोर्डको बा २ झ ३९६३ नम्बरको गाडी उपलब्ध छ ।

    यसका चालक शंकर घले हुन् । यसअघि मोरङका ओसिम आलम स्वकीय सचिव हुँदा पनि यही गाडी प्रयोग गर्थे । पण्डितले उनलाई गत असारमा हटाएर आफ्नै क्षेत्रका राईलाई स्वकीय सचिव बनाएका हुन् ।

    मन्त्रीका निजी सचिव रमेश अधिकारीका लागि पनि मन्त्रालयले अलग्गै गाडी दिएको छ । यो गाडी अधिकारी आफै हाँक्छन् । ‘मन्त्री निवासका लागि केही आयोजनाका गाडी प्रयोग भएको सुनेको छु’ संघीय मामिला मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘मन्त्रीले दुइटा झन्डावाल गाडी नियमानुसार पाउने भए पनि अरू निकायबाट तानेर अनावश्यक प्रयोग भएको छ ।’

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal