News Portal

  • धरानमा सिमनदीको पानी होईन, हिमनदीको पानीले दीर्गकालिन आपुर्ती गर्छुः हर्क साम्पाङ

    हिमालीसंचार संवाददाता
    ३५०३ पटक

    धरान – स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि धरान उपमहानगरपलिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले धरानको पानीको समस्या अब सिमनदीको पानीले होईन, (सप्तकोशी) हिमनदीको पानी आपुर्ती गरेर दीर्गकालिन समस्या समाधान गर्ने बताए।

    धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले राजनीतिक पार्टीहरुले गर्दा देश तहसनहस भएको आरोप लगाउदै पार्टीको पछि लाग्ने औचित्य सकिएको बताए । बैशाख ३० गतेको चुनावपछि धरानले पार्टीको दासत्व तोडेर स्वतन्त्र हुने पनि उद्घोष गरे । ‘पार्टीको पछाडि लाग्ने औचित्य,  दासत्व, सिद्धानत, पार्टीको लगाम तोडेर स्वतन्त्र भएर बाँच्न चुनावपछि धरान स्वतन्त्र हुनेछ, ‘उनले भने, ‘पार्टी जितिरहने, धराने जनता हारिरहने कुचलनको अन्त्य गछौं, गछौं । पार्टी जितिरहेको कारण र धरान हारिरहेको कारणले गर्दा नै आज हाम्रो घरमा खानेपानीसम्म आएको छैन ।’

    सप्तकोशी छेवैमा बगिरहेको भएपनि धरानमा एक गाग्री पानीको लागि झगडा गर्नुपरिरहेको भन्दै साम्पाङले यो अवस्था राजनीतिक दलहरुको स्वार्थको कारण समस्या भएको पनि जिकिर गरे । उनले आफ्नो चुनावी एजेण्डाको पहिलो बुँदा नै खानेपानी समस्या समाधान गर्ने रहेको बताए । 

    पार्टी भनेर हिड्ने तर सिद्धान्त थाह नपाउने, समाज कसरी रुपान्तरण गर्ने भन्ने थाह नभएका नेताहरुको कारण जनताले सास्ती भोग्नु परिरहेको साम्पाङको भनाई थियो । पार्टी र नेताहरुमा जनताको सेवा गर्ने सर्मपण भाव नभएको भन्दै उनले राजनीतिक पार्टी व्यवसाय, व्यापार रुपान्तरण भएको पनि बताए । उनले भने,‘पार्टीहरुले गर्दा देश तहसनहस भइसक्यो । 

    मलाई विश्वास गरेर तातो घाममा आउनु भएको छ। धराने जनताको दुखको, आवाज र पिडाको आवाज हो हर्क साम्पाङ। तपाई घरमा गएर ठुलो ऐमामा हेर्नुस् त्यो हो हर्क साम्पाङ। मलाई विजय गराउनु भयो घोषणा पत्र अनुरुप काम गर्ने छु मलाई काम गर्ने ठाउमा पुर्याउनुस म काम गर्छु। उनले भने

    धरानमा उद्योग खोल्दैन, जनतालाई रोजगारी दिदैन । पार्टी व्यवसायकोरुपमा अघि बढ्यो । त्यसैले डेढ सय वटा पार्टी छ । पार्टी स्वार्थ सिद्ध गर्ने माध्यम मात्र भयो । जनताको सेवा गर्ने सर्मपणको भाव छैन ।’

    हिमनदी धरानका छेवै हुदै बग्छ तर पार्टीका कारणले खाने पानीको लागि आन्दोलन गर्नु परेको छ। ४१ बर्षसम्म धराने जनताले विल बुझाएको छ। २०३६ सालदेखि २०७७ सालसम्मको विल बुझाएको छ । धरानमा खानेको पानीको लागि छुटेको २ अर्ब १६ करोड ४ लाख रुपैया कहा गयो? धराने जनताको आवाज बोल्दा, झुटो मुद्धा लगाई मलाई थुनियो। आफु बोल्दा मलाई थुनिनु परेको सुनाउदै नेपालका सबै भन्दा धेरै ट्याक्स तिर्ने धरान । यसपालि धराने जनताले यस्ता राजनीतिक दलका नेताहरुलाई दण्डित गर्नु पर्छ। धराने जनताले  यस्ता राजनैतिक दलका नेतालाई बैशाख ३० गते दण्ड दिनु पर्दछ। 

    धरानको विकासमा हरेक कुरो विगार्ने भनेका दलालहरु? चोर फटाहाहरु हुन्। अब सार्वभौम सम्पन्न धराने जनताले पाठ पढाउनु पर्छ, सबक सिकाउनु पर्छ। म बचाउछु धरानलाई,  म बनाउछु धरानलाई । धरानको भौगौलिक संरचनालाई विगारेर, सर्दुलाई बेचेर खाने, सेउतीलाई भत्काएर खाने, अधेरी खोला बेचेर खाने जलाधर बेचेर खाने यस्ता पार्टीलाई धराने जनताले डण्डित गर्नु पर्छ। 

    धरानमा ‘भष्ट्रचार माथी भष्ट्रचार, अन्याय माथी अन्याय, अन्याय अत्याचर। क्षेत्रिय शिक्षा निर्देशनालय धरानबाट धनकुटा, बाणिज्य बैंकका क्षेत्रिय कार्यालय धरानबाट बाहिर । नापतौल तथा गुण नियन्त्रण विभागको कार्यालय धरानबाट विराटनगर। क्षेत्रिय अस्पताल धरानमा थियो विराटनगर। धरानमा भएको उच्च अदालत विराटनगर । ड्राभिङ लाईसेन्सको कार्यालय धरानबाट इटहरी र नेपाल टेलिकमका कार्यालय धरानबाट इटहरी सार्नुको कारण राजनैतिक दलका नेताहरुले जबाफ दिनु पर्छ।’ उनले भने

    हर्क साम्पाङले अब धरानमा बाकी रहेको वीपी अस्पताल समेत अन्यत्र सर्छ की आशंका व्यक्त गरे । धरानमा स्थापना भएका सरकारी कार्यालयहरु अन्यत्र सार्न अनुमति दिने स्थानीय राजनैतिक दलका नेताहरुले धरानलाई मृत शहर बनाएको आरोप समेत लगाए।

    ०१७ सालमा नगर धोषणा भएको धरान, पुर्वाञ्चलको सबै भन्दा ठुलो शहर भएको धरान। आज पानी छैन भन्नु परेको छ। हामी कस्तो अबस्थामा बाचिरहेका छौ? खाने पानीको लागि धरानका जनताले आन्दोलन गर्नु पर्छ। 

    साम्पाङले आफु धराने जनताको आन्दोलन, आवाज र मन भित्रको कुन्ठा र आक्रोस हूँ। तपाईको मान्छे हूँ। तपाईले जित्ने हो भने अनी धरानले जित्ने हो भने जित्ने पनी तपाईले हो र जिताउने पनी तपाईले नै हो। म एउटा पात्र मात्र, माध्यम मात्रै हूँ। स्वास्थ्य क्षेत्रमा धरानमा रहेको वीपी प्रतिष्ठानको बृहत सुधार गर्ने पनी बताए।  

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal