News Portal

  • अपर स्याङ्गे हाइड्रोपावरले आइपीओ ल्याउने

    हिमालीसंचार संवाददाता
    १०३ पटक

    काठमाडौं –  नेपालमा पछिल्लो समय एकपछि अर्को कम्पनीहरुले आइपीओ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । एक दर्जन कम्पनीहरु पाइप लाइनमा रहेको अवस्थामा नयाँ कम्पनी पनि थपिएको हो । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको हो।

    कम्पनीले ८ लाख ७० हजार कित्ता आइपीओ बिक्री गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) )मा नियुक्त गरेको छ । यस नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको छ । सम्झौतामा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष वीर बहादुर घले तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

    यस कम्पनीले लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नं.४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा पुगेको छ । यसले सेयर निष्काशन अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीसमेत गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष वीर बहादुर घलेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal