News Portal

  • फेरि ओकल्न थाले- प्रधानमन्त्री केपी शर्मा

    हिमालीसंचार संवाददाता
    ३५१ पटक

    काठमाडौं – कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको बलियो पक्ष हो- जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई आत्मविश्वासी देखाउनु र विपक्षीप्रति कठोर अभिव्यक्ति दिनु। भाषणको बीचबीचमा उखान टुक्का प्रयोग गर्दै विपक्षीलाई भित्तैमा पुग्ने गरी दिने उनका अभिव्यक्तिले कार्यकर्ता उत्साह मात्र भर्दैन, मनोरञ्जन पनि दिन्छ।

    विशेषगरी पूर्वमाओवादी र तिनका नेताहरुप्रति कठोर अभिव्यक्ति दिएर पूर्वएमाले वृत्तमा ओली रुचिकर वक्ता बने। संविधान निर्माणको संक्रमणकालीन समयमा कहिले माओवादी आन्दोलन, त कहिले मधेसी र जनजाति आन्दोलनका एजेण्डाको विपक्षमा उभिएर ओलीले राजनीतिक उचाइ पनि बढाए।

    २०७४ को आम निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग वाम गठबन्धन र २०७५ जेठ ३ मा पार्टी एकता गर्दै नेकपा नेतृत्वमा पुगेपछि ओलीको अभिव्यक्तिले यू-टर्न लियो। आफैं पार्टी र सरकारको नेतृत्वमा रहेकाले नेकपाका अरु नेताहरुप्रति ओलीले कटाक्षको जरुरी भएन।

    प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा धेरै अपवाद बाहेक धेरै प्रश्न नगरेका कारण यो तीन वर्षको अवधिमा ओलीको कडा कटाक्ष सुनिएन। तर, दुई वर्षे कार्यकाल बाँकी रहँदै संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने ओलीको निर्णयसँगै नेकपा विभाजित हुन पुगेको छ।

    प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका बहुमत नेताहरु संसद विघटनको विपक्षमा उभिएका छन्। पार्टी अध्यक्षबाट ओलीलाई कारबाही गरेको यो समूह सडक आन्दोलनमा गएको छ भने अर्को समूहको नेतृत्व गरेको ओली पनि संगठन विस्तारमा जुटेका छन्।

    हरेक दिन जसो पार्टीको भेला बैठकमा जाने र सम्बोधन गर्छन्। र, पहिलेकै ओली सुनिन थालेको छ। शनिबार प्रज्ञा भवनमा आयोजित आफ्नो समूहका काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा पनि ओलीले पूर्वसहकर्मी प्रचण्ड र माधवनेपाल कडा कटाक्ष गरेका छन्।

    सम्बोधनको शुरुबाटै ओली प्रचण्ड-माधव नेपाल समूहविरुद्ध खनिए। उनले प्रचण्ड र माधव नेपाललाई खिया लागेको नटबोल्ड, कुहिएको फलसँग दाँजे। प्रचण्ड, माधवहरुकै कारण एकता गरेको तीनवर्षसम्म पार्टीले गति लिन नसकेको निष्कर्ष सुनाउँदै ओलीले भने, ‘दुइटा नटबोल्ड फेर्दा गाडी अगाडि। हामीले फेरेको पनि होइन, आफैं फुक्लिएको नटबोल्ड। खिया लागेका दुईवटा नटबोल्ड फुक्लिएको थियो, पार्टी गतिसाथ अगाडि गयो।’

    पार्टी वैधानिकताको प्रश्नमा पनि प्रचण्ड र माधवलाई कटाक्ष गर्दै ओलीले पेडा पसलेको संज्ञा दिएका थिए। ‘निर्वाचन आयोगबाट हिजो मैले पत्र प्राप्त गरेँ। उहाँहरुले निवेदन हाल्नुभएको रहेछ असली हामी हौं भनेर’ उनले भने, यो बरमझियाको पेडा पसल हो ? असली र नक्कली हुन।’

    नेकपाको वैधानिकता आफ्नो समूहले पाउने दाबी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले चार्ली च्याप्लिन चिन्ने तर्क गरे। ‘जसको घर हो, उ निवेदन हाल्न किन जान्छ ? उनले प्रश्न गरे। आफूले नेतृत्व गरेको नेकपा असली भएकाले सूर्य चिन्ह पनि आफूहरुकै भएको उनको जिकिर थियो। ‘कार्की ब्याङ्क्वेटमा खानपिन गरेर केपी ओलीलाई निकाल्दिऔं भनेर घोषणा गर्नुभएछ। निर्वाचन आयोगमा पनि पत्र पठाउनु भएछ केपी ओलीलाई निकाल्यौं भनेर। त्यो हेरेर निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँस्नुभयो मलाई थाहा छैन’, उनले भने।

    ओलीले पूर्व सहकर्मीद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कुहिएको फलसँगै दाँजेका थिए। आधिकारिक नेकपा आफूहरुको भएको प्रचण्ड-माधव नेपालको दावीतर्फ संकेत गर्दै उनले भने, ‘अब, भेट्न कुहिएर झरेको दुइटा फलहरुले रुख मै हुँ भनेर दावी गर्ने ?’

    ओलीले प्रचण्ड र माधव नेपाल समूहले गरेको आन्दोलनलाई रत्नपार्कमा औषधि बेच्नेसँग तुलना गरेका थिए। अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्योभन्दा बढ्दा हुनेवाला छैन। किनकि उहाँहरुको एजेण्डा जनता होइन।

    प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकारले दुनियाँ आश्चर्य चकित हुने गरी काम गरेको दावी गरे। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई भारतका प्रधानमन्त्री र चीनको राष्ट्रपतिले साथ दिने बताइरहँदा आफ्नै पार्टीका नेताहरुले साथ नदिएको ओलीको कथन थियो।

    ‘प्रचण्ड, माधव नेपाल, झलनाथ खनालले बोलेको सुन्नुभएको छ ? एउटा भनाइ छ नि ढुंगो बोल्ला, ऊ बोल्दैन’, ओलीले भने। देशको नक्सा छाप्दा र विकास हुँदा छटपटी हुनेहरुले धराहराको २२ औं तलबाट खिचिएको तस्वीर नदेखेको उनले बताएका छन्। ‘त्यहाँ पत्रकार गएर फोटो खिच्यो, यस्तो देखिन्छ काठमाडौं’, ओलीले आफ्नो नेतृत्वमा नेपाल निकै अगाडि बढेको दावी गरे।

    आफूले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले भारतका हरेक मान्छेलाई नेपालमा प्रधानमन्त्री को छ भनेर सोध्नुभयो भने कण्ठै थाहा छ।’

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal