News Portal

  • सल्यानको बन्गाड कुपिन्डेमा ६२ जनाले गरे नेकपा छोडी कांग्रेसमा प्रवेश

    वडा नम्बर २ र ३ मा तरुणदल गठन !

    हिमाली संचार संवाददाता
    १०५८ पटक

    इन्द्रप्रकाश बुढा/सल्लिबजार – सल्यानको बन्गाड कुपिन्डे नगरपालिकामा ६२ जनाले नेकपा छोडी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन। नगरपालिकाको वडा नम्बर १, २ र ३ बाट कांग्रेसमा पार्टी प्रवेश गरेका हुन।

    वडा नम्बर १ बाट कांग्रेस पार्टीमा प्रवेश गर्नेहरुमा डिलराम शर्मा, कर्ण बहादुर राणा र चन्द्र पुनले गरेका छन भने, वडा नम्बर २ का शंकर बुढाथोकी, सितल महतारा, भुपेन्द्र महतारा, सितल केसि, टिकाराम केसि, भीमराज महतारा, मैसरा महतारा, सन्तोष केसि र चन्चल शर्माले गरेका छन। चन्चल शर्मा वडा नं २ को नेकपाबाट निर्वाचित वडा सदस्य चागुनारायण शर्माका छोरासमेत हुन।

    त्यस्तै, नेकपा छोडी कांग्रेस प्रवेश गर्नेहरुमा वडा नम्बर ३ का जय बस्नेत, यानबहादुर बस्नेत, बिरबहादुर बस्नेत, लोकबहादुर बिक, राजु परियार, भुपेन्द्र पुन, धनराज पुन, हरि पुन, भरत रानालगायत ५० जनाले पार्टी प्रवेश गरेका हुन।

    कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डिल्लीराम रेग्मी, बिशिस्ट अतिथिमा सल्यान जिल्ला बिकास समितिका पुर्वसभापति ध्रुवराज पुरी थिए भने, अतिथिहरुमा जिल्ला समन्वय समिति सल्यानका अध्यक्ष केश बहादुर बिष्ट, नेपाली कांग्रेस सल्यानका पुर्वसचिब एकराज डिसि, जिल्ला कार्यसमितिका सदस्यहरु उषा राना, गोपाल बुढाथोकी, दिपेन्द्र बिष्ट, दुर्गा खड्का, हिमेन्द्र बाबू सेजवाल, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, वडा नम्बर ६ का अध्यक्ष पुरुषोत्तम आचार्य, नगरसभापति टोपबहादुर भण्डारी, नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथोकी, नेपाल शिक्षक महासंघ सचिब सुरेशसिंह राठौर, नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्य सुरेश चन्द, तरुणदल नगरपालिकाका अध्यक्ष बिजय बस्नेत, तरुणदल सुर्खेत जिल्ला सदस्य राम बहादुर बिसि, नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष चन्द्र डाङ्गी, बिपि बिचार समाज जिल्ला अध्यक्ष नेत्रलाल वलीलगायतको उपस्थिति रहेको थियोे।

    उक्त कार्यक्रम खिमलाल बिकले संचालन गरेका थिए भने, भन्द्रबिर बस्नेतको सभापतित्वमा सोमबार बामेको औलबेसीमा सम्पन्न भएको थियोे।

    त्यस्तै, बन्गाड कुपिन्डे नगरपालिकाको वडा नम्बर २ मा चन्चल शर्माको अध्यक्षतामा २७ सदस्यीय वडा तरुणदल गठन गरिएको छ भने, वडा नम्बर ३ मा इन्द्र बहादुर पुनको अध्यक्षतामा ५१ सदस्यीय वडा तरुणदल गठन गरिएको बताईएको छ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal