News Portal

  • दैनिक ८ सय यात्रु नेपाल भित्र्याउने सरकारी तयारी

    हिमाली संचार संवाददाता
    ४४७ पटक

    मिनराज भण्डारी/काठमाडौँ – गत चैतको दोस्रो सातादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान मंगलबारदेखि आंशिक सञ्चालनमा आएको छ। नियमित उडान बन्द भएको ५ महिनापछि सञ्चालनमा आएको उडान विश्वका १६ गन्तव्यबाट हुनेछ।

    पाँच महिनायता विभिन्न समयमा उडान तालिका सार्वजनिक हुँदै र सार्दै आए पनि मंगलबारबाट भने सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडानमा आएको छ। यसअघिका उद्धार उडानमा लागू गरिएका सर्तहरू पालना नभएको भन्दै सरकारी व्यवस्थापनको समेत आलोचना हुँदै आएको छ।

    भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले पिसिआर परीक्षण सहज भएका देशमा हाललाई एक महिना नियमित उडान गर्ने निर्णय गरेको हो। उक्त अवधिमा चार्टर्ड उडानसमेत जारी रहने छन्।

    अबको नियमित तथा चार्टर्ड उडानबाट दैनिक ८ सय यात्रु नेपाल प्रवेश गराउने सरकारी तयारी छ। विगत ५ महिनामा व्यावसायिक उडान नभए पनि नेपालबाट र विदेशबाट चार्टर्डसहित मेडिकल, तथा कार्गाे उडान भने सञ्चालनमा छन्।

    गत जेठको अन्तिम हप्तादेखि सञ्चालनमा आएको उद्वार उडानमार्फत मंगलबारको अन्तिम उडान बाहेक ५५ हजार तीन सय ९२ नेपाली स्वदेश फर्किसकेको विमानस्थल कार्यालयले जनाएको छ। सरकारले सुरुमा विदेशमा अलपत्र १० हजार नेपालीलाई स्वदेश फर्काउने जनाएपनि पछिल्लो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट दैनिक १८ सम्म उडान हुँदै आएका थिए।

    विगत ५ महिनामा नेपालमा रहेका विभिन्न मुलुकका विदेशीलाई फर्काउन नेपालबाट चार्टर्ड उडान भएका छन्। उक्त अवधिमा नेपालबाट २२ हजार दुई सय विदेशी स्वदेश फर्किएको कार्यालयले जनाएको छ। अन अराइभल भिसामा रोक जारी रहेकाले अझै एक महिना विदेशी नागरिक नेपाल आउन पाउने छैनन्।

    हाल पर्यटन मन्त्रालयले स्वीकृत गरेको उडान तालिका अनुसार भदौ १६ देखि असोज १४ सम्म ६० वटा नियमित उडान हुनेछन्। त्यस्तै, अबको एक महिनामा २७ वटा चार्टर उडान हुनेछन्। १० वटा विदेशी र दुई विदेशी जहाजले एक महिनासम्म उडान भर्ने अनुमति पाएका छन्।

    पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार नियमिततर्फ मलिन्दो एयर, नेपाल वायुसेवा निगम, क्याथे ड्रागन, हिमालय एयरलाइन्स, कोरियन एयरलाइन्स, मलेसियन एयरलाइन्स, चाइना साउदर्न, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबई, टर्किस एयरलाइन्सले उडान अनुमति पाएका छन्।

    त्यस्तै, पिसिआर परीक्षण सहज नभएका मुलुकबाट एक महिनामा २७ वटा चार्टर्ड उडान हुनेछन्। चार्टर्ड उडान हुने मुकुकहरू कतार, माले, कुवेत, साउदी अरेबिया रहेका छन्। यी गन्तव्यबाट कतार एयरवेज, सलाम एयर, जजिरा एयर, नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले यात्रु ओसार्नेछन्।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार यसअघि नियमिततर्फ दुई र चार्टर्डतर्फ दैनिक एक उडानको अनुमति रहेपनि उक्त संख्या थपिन सक्ने जनाइएको छ।

    नियमित तथा चार्टर्ड उडानबाट दूतावासका कर्मचारी, संयुक्त राष्ट्रसंघका १८ वटा एजेन्सी र नेपालमा रहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधि आउन पाउने छन्।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal