News Portal

  • बाबु-आमाका लागि निको नहुने घाउ बन्यो छोरा निशानको हत्या

    हिमाली संचार संवाददाता
    ४१५ पटक

    रमेश गिरी
    भक्तपुर – कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन् ।

    गणेश छोराको किरियामा बसेका छन् । आमा चमेली घट्ना भएको दिनदेखि आजसम्म पनि सम्हालि सक्ने अवस्था छैन । शोकमा डुबेको परिवारलाई सान्त्वना दिन जानेहरुले निशानको घट्नाकाबारेमा सोधिरहँदा उनको घाउ झन बल्झिए जस्तै हुन्छ ।

    जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । “आमा म एकछिन खेलेर आउँछु है भन्दै खेल्न गएको छोरा फर्कदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सनु ।” उनको पीडा उत्तिकै झल्कन्छ ।

    मलेशियाबाट फर्कएका उनको श्रीमान् गणेश खड्काको अवस्था पनि उस्तै छ । सम्झाउन आउने र सान्त्वना दिन भेट्न आउनेसँग बोल्ने शब्द पनि छैन, उनिहरुको । किरियामा बसेका गणेश छोराको विभत्स हत्याले सृजना गरेको मनको घाउ बिर्सन नसक्ने अवस्थामा पुगेको उनका परिवारले बताउँछन् ।

    अपहरणकारीले अपहरण गरी हत्या गरेको आठ दिन बितिसक्दा पनि यो परिवारको अवस्था बुझ्न र सान्त्वना दिन कुनै सरकारी टोली अहिलेसम्म त्यहाँ पुगेको छैन । चमेली भन्छिन् , “आठ दिन भयो, सरकारी टोली कोही आएका छैनन्, मलाई त्यसको वास्ता पनि छैन, म केही बोल्नसक्ने अवस्थामा छैन ।” उनि छोराको सम्झनामा भक्कानिएर रुदाँ भेट्न आउनेहरुको आँखा पनि रसाउने गरेको छ ।

    शोक र पीडाले उनको अवस्था कमजोर बन्दै गएको चमेलीका भाइ रामकाजी सापकोटा बताउछन् । उनि भन्छन् , “घट्ना भएको दिनदेखि दिदीले आजसम्म खाना खानुभएको छैन, न त राम्ररी सुत्नु नै पाएको छ, कमजोर भइसक्नुभयो, सम्झाउँदा, बुझाउँदा पनि आमाको मन न हो कसरी मान्थ्यो र ?”

    निशानका बाबु गणेशको मलेसियाबाट सिधैँ आर्यघाट पुगेर छोराको दाहसंस्कार गरेर आएपछि टोलाउने गरेको उनि बताउछन् । छोराको शोकले बाबुलाई पनि निकै पिरोलेको छ, उनि भन्छन् , “निशानका साना दुई दिदीको पीडा पनि उस्तै छ, सानो भाइ गुमाउँदाको पीडाले ती साना नानीहरुको आँखा पनि ओभाएको छैन, सापकोटा भन्छन् ।”

    बुढेसकालमा पुगेका चमेलीका बुवा मीनबहादुर सापकोटाको अवस्था पनि उस्तै छ । नातीको सम्झनामा टोलाउने, बेलाबेलामा अरुलाई सम्झाउँदै आफू पनि रुने गर्दा पीडा सधैँका लागि निको नहुने घाउ बनेर बसेको उनि बताउछन् । दिउँसो होस् वा राति बेला बेलामा चमेलीले मेरो छोरा भन्दै रुने गरेको बताउँदै चमेलीको परिवार, माइतीपरिवार र घरका परिवार तीनवटै ठाउँका आफन्त शोकमा डुबेको सापकोटा बताउछन् ।

    सरकारी टोली र सरकारले पीडितका बारेमा बेवास्ता गरेको आफन्तको गुनासो छ । चमेलीका भाइ रामकाजी सापकोटा भन्छन् , “अहिलेसम्म कोही सरकारी टोली भेट्न आएका छैनन्, अवस्था बुझ्न पनि कोही आएका छैनन्, अब के गर्ने भन्नेबारेमा केही सल्लाह भएको छैन, १३ दिनको किरिया सकिएपछि यसबारेमा केही कुरा होला, अहिले त्यतातिर ध्यान दिएका छैनौ ।”

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले औपचारिक रुपमा पीडित बालकको परिवारलाई भेट्न नगए पनि अनौंपचारिक रुपमा सम्पर्कमा रहिरहेको बताए । उनले भने, “घटनाप्रति सरकार दुःखी छ, सरकारको सहानुभूति पनि छ, उहाँहरु अहिले शोकमा हुनुहुन्छ, किरियामा हुनुहुन्छ, किरिया सकिएपछि भेटघाट होला ।”

    गत २० गते आइतबार काठमाडौँ महानगरपालिका– ३२ काँडाघारीबाट करीब ५ बजे खेल्न गएका निशानको अपहरण गरी हत्या गर्ने सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ सोही दिन प्रहरीको गोली लागेर मारिएका थिए ।

    बालकको शव भने बुवा गणेश मलेशियाबाट फर्किएपछि २४ गते पुशपति आर्यघाटमा दाहसंस्कार गरेका थिए । अपहरणकारी दुबैको शव पनि आफन्तले बुझेर दाहसंस्कार गरेका छन् । रासस

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal