News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, समाज

    सुर्खेतमा एम्बुलेन्सको नयाँ भाडादर कायम, उपत्यकाभन्दा बाहिर प्रति किलोमिटर ४० रुपैयाँ

    सुर्खेत – सुर्खेतमा सञ्चालित एम्बुलेन्सहरूको नयाँ भाडादर तय गरिएको छ। जिल्लामा एम्बुलेन्स सञ्चालन गर्दै आएका एम्बुलेन्सहरू सञ्चालनकर्ताहरूले नयाँ भाडादर तय गरेका हुन्। अब वीरेन्द्रनगर उपत्यकाभित्र ‘ग’ वर्गको लागि आउने र जाने गरेर ४०० तथा ‘ख’ वर्गको सेवाका लागि...बाँकी

    जनकपुर-जयनगर ब्रोडगेज रेलमार्गको परीक्षण शुरु

    २४ साउन, काठमाडौं । जनकपुर-जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ । अब बाँकी खण्डमा पनि कम्पनीले थप परीक्षण गर्ने...बाँकी

    भक्तपुर इन्काउन्टर प्रकरण : मृतकका परिवार पुगे मानव अधिकार आयोग

    काठमाडौं – भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका २ अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि...बाँकी

    जोशीको प्रमाणपत्र सक्कली भएको पुष्टि

    काठमाडौ – एलएलसी परीक्षाको प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहर भएका दीपकराज जोशीको प्रमाणपत्र सक्कली भएको पाइएको छ । प्राप्त जानकारीअनुसार परीक्षा नियन्त्रण कार्यालयको मार्क लेजरमा जोशी २०२९...बाँकी

    हत्कडीको के कुरा, जनताको अधिकारका लागि बलिदान दिन तयार छौं : प्रवक्ता प्रकाण्ड

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरु देशको रक्षा र जनताको अधिकारको लागि बलिदान दिन तयार रहेको बताएका छन् । मंगलबार साँझ साढे ७ बजे चोभारबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डले अदालत परिसरमा...बाँकी

    वायुसेवा निगमको लापरवाहीले वाइड बडी विमान दिल्लीमै रोकियो

    सन्जिब कुमार राई/काठमाडौं – नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ । निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर...बाँकी

    किन भयो प्रचण्डलाई करका कारण सङ्घीयता उल्टने चिन्ता

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा उत्पन्न हुने असन्तुष्टि सङ्घीयताजस्ता परिवर्तन उल्ट्याउने कारक बन्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उद्योगी व्यापारीहरूले ठाउँठाउँमा नयाँ कर लगाइएको भन्दै गुनासो...बाँकी

    कांग्रेसबाट निर्वाचित मेयरले पुर्‍याए घरघरमा पाइपलाइनबाट ग्याँस,ओली सरकार गफमा मात्रै सिमित !

    काठमाडौँ – निर्वाचनका बेला जनतालाई झुक्याउन घरघरमा पाइपलाइनबाट ग्याँस पुर्याउने दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्को भाँच्न नसकिरहेको बेला कांग्रेसबाट निर्वाचित एक जना मेयरले जनताको चुल्हो–चुल्होमा पाइपलाइनबाट ग्याँस पुर्याएका छन् । ओलीको स्टाइलमा कुनै...बाँकी

    गाउँपालिकामा आफन्तलाई जागिर खुवाएकोमा अध्यक्ष  र उपाध्यक्षसग स्थानीय आक्रोशित

    विराटनगर – गाउँपालिकालाई आफन्त भर्ती गर्ने केन्द्र बनाएको भन्दै कटहरीका अध्यक्ष  र उपाध्यक्ष आलोचित भएका छन् । गाँउपालिकाका प्रमुख रामकुमार कामतले आफ्नै छोरीलाई जागिर दिलाएको र उपप्रमुख मन्जिताकुमारी सरदारले आफ्ना भिनाजुलाई जागिर दिलाएपछि आलोचित बन्नु...बाँकी

    प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्रीले दोहोरो चरित्र देखाए : कांग्रेस

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको आरोप लगाएको छ । प्रधानमन्त्रीकै कारण ‘दुर्भाग्यपूर्ण घटना’ भएको र यसले न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको नियन्त्रणकारी हस्तक्षेप भएको...बाँकी