News Portal

सरकारलाई सर्वोच्चको कडा चेतावनी

६६६ पटक

प्रशान्त वली/काठमाडौं – आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ ।

सर्वोच्च अदालतले चारपटक सम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिएपनि सरकारले सर्वोच्च वाटै पक्राउ गर्दै आएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रवार अवहेलना मुद्धामा कारबाही गर्ने चेतावनी दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकका लागि अदालतबाट एउटै व्यक्तिकालागि गैरकानुनी थुनाका बारेमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहीँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ? भन्ने आशंकाको आभाष समेत हुन गएको छ ।’ बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले विश्वकर्मालाई थुनामुक्त गर्न पटक पटक आदेश दिदैं आएको छ ।

साथै विप्लव समूहका प्रवक्तालाई सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएपनि प्रहरीले सर्वोच्चको गेट बाहिरबाट पक्राउ गरेको छ । पक्राउ लगत्तै प्रकाण्डलाई उदयपुर लैजाने तयारी गरिएको छ । सर्वोच्चमा हाजिर हुन पुगेका प्रकाण्डले नेपाल समाचारपत्रसंग भन्नुभयो–‘मलाई थाह छ सर्वोच्चले छोड्न आदेश दिएपनि सरकारले छोड्दैन । यो सरकारको षड्यन्त्र हो ।’

हालसम्म प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङमा विभिन्न अभियोगमा म्याद थप गर्दै थुनामा राख्दै आएको छ । म्यादी प्रहरीको ज्यान मारेको अभियोगदेखि क्रसर उद्योगमा आगजनी गरेको र चन्दा असुली गर्दै लुटपाट मच्चाएको सम्मको आरोप प्रकाण्ड माथि लागेको छ । पक्राउ परेका प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चले दिएको यो आदेश छैटौँ पटक हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...