News Portal

बस्त्र बिनाको नाङ्गो प्रदेशी जीवन !

ओम पाण्डे
८१६ पटक

जब बिदेशिने चाहना जाग्यो अनि थालें प्रक्रिया पूरा गर्न। मलाई थाहा थियो कि जब म मेन पावर धाएँ, इन्टरभ्यु दिएँ ,पास्पोर्ट बुझाएँ अब म परिवार, गाउँ समाज र देश केही समयको लागि छोड्दै छु र म पनि नितान्त एक्लो हुन्छु। नयाँ देश नयाँ भेष र नयाँ संस्कृतिमा आँफुलाई समायोजन गर्न लाग्दैछु।

काँडा सम्झिए पनि नहुने यो जीवनलाई, सुख सम्झिए पनि नहुने यो जीवनलाई। खै कताबाट कुन दिशाबाट फर्किएर हर्नु यो जीवनलाई जताबाट हेर्दापनि उस्तै देखिने यो जिवन नत बुझ्न सकिन्छ, नत जान्न सकिन्छ । आवश्यकता नै आवश्यकताले भरिएको यो जीवन परिपूर्तिको अभावमा छटपटिनुपर्ने यो कस्तो बाध्यता ? जन्म सँगै मृत्यु रेखा लिएर आएतापनि नचाहिँदा ईच्छा र आकांक्षामा किन नैराश्यताको यात्रा गर्नुपरेको होला ?

सुख पाउने आशामा लम्किरहेको यो जीवन हाँसोको अनुभुति गर्न नपाउँदै यमलोकमा भर्ति हुन पुग्नुपर्ने यो निर्दयि धर्तिमा जन्मनुभन्दा लाग्छ नजन्मिएकै बेस। सडक, गल्लि, पेटि, मन्दिर–पाटिपौवा ईत्यादिमा देख्दा संसारका दु खि हरुको आश्रय स्थल यहि हो । अपाङ्ग –अंगभंग भएर उचित उपचारको अभावमा छटपटाएका दृश्य, बुढेसकालमा साहारा नपाएर आश्रयको खोजिमा रोईरहेकी ति बुढि आमाको नयन, अनि रमाई–रमाई विद्यालय जानेउमेरमा सडक बालक हुनुको पिडा कत्ति दर्दनाक छ ।

तर पनि यो सब होईन रहेछ, जबजब जीवनमा कठिनाई र भोगाईहरु आश्रित हुन्छन तबतब मानिसले आँफुलाई पनि एक्लो, अपाङ्ग र गरिब भएको आभाष गर्न थाल्दो रहेछ । आज सम्झन्छु मेरो विगत अनि कल्पना गर्छु भविष्यको । विगतलाई सम्झियो भने ईष्र्या लाग्छ , भविष्यलाई सम्झियो भने डर । बाघले समातेर छाडेको आहारा जस्तो तड्पितड्पि जीउनुपर्ने यो जीवनको भविष्यको कल्पना के राम्रो हुन्छ र ? हात भाँचिएको भए मलमपट्टि लगाउँदा ठिक हुन्थ्यो होला तर मनै भाँचिएपछि के लगाउने ।

“वेरोजगारिलाई–रोजगारि , अन्यायलाई–न्याय, अँध्यारोलाई–उज्यालो, प्यासलाई–पानि, थकानलाई–आराम, खडेरिलाई –वर्षा, बिरामिलाई– अस्पताल, आँसुलाई–हाँसो, शरिरलाई–पोषण ” लगायत अनगिन्ति छन आवाश्यकताहरु तर परिपूर्ति कतै भेटिन्नन् । मानिस जन्मनसाथ थोरै दु :ख अनगिन्ति सुखको यात्रामा आँफुलाई बिताउन खोज्छ अनि त्यो जन्मिएको बालकसँगै गाँसिएको हुन्छ उसको परिवारको माया र आशा। आमाले कल्पना गर्छिन –“मेरो छोराले बिरामि पर्दा औषधि मुलो गरिदिन्छ , बुढेसकालमा सुख सँग राख्छ” बाबाले कल्पना गर्नुहुन्छ –“ठूलो भएपछि काममा सहयोग गर्छ, विदेश जान्छ, धेरै पैसा कमाउँछ र हामिलाई सुख सँग राख्छ।

यहि आशामा दिनरात कुटो कोदालो गर्दै खाईनखाई आफ्नो बालबच्चाको पालनपोषणमा तल्लिन हुन्छन । दुखले कमाएको २/४ पैसा जम्मा गरेर विद्यालयसम्म पुर्‍याईदिन्छन, अनि कतिले पुरा गर्लान उहाँहरुको सपना कतिले पुरा गर्न नसक्लान त्यो आफ्नो ठाउँमा छ तर सबैतिरबाट ठगिएको त्यो व्यक्ति नत उसले आफ्नो आवश्यकता पुरा गर्छ न परिवारको नै “ दुधको भारा तिर्न नसक्ने छोराछोरि कपुत हनु ” भन्ने लाग्छ त्यो समय ।

“अभिलाष घर्षन्छ र आकाशिन्छ पनि ”त्यहि रंगमञ्चमा चल्दै र पिडाबोधमा रमाउँदै गरेको मेरो यात्रा पुन हाँसोको अनुभुति गर्न नपाउँदै शुन्यतामा बदलिएको छ । भक्कानिएर रुन मन लाग्छ, एक्लो भएको भान हुन्छ, रानो बिनाको मौरी जस्तो विछिप्त भएझैँ लाग्छ, तर पोखेर न पोख्न सकिन्छ न बाँडेर बाँड्न सकिन्छ । पिडा त त्यसलाई नै हुन्छ –जसले त्यो पिडाको कष्ट भोगेको हुन्छ, विष त त्यसले मात्र पिउँछ –जसले पहिलानै त्यसको अनुभव गरेको हुन्छ । अचानाको पिर खुकुरिलाई के थाहा बिचरा कति कष्टगरि माथिको त्यो जाईलाग्दो भार सहजै ग्रहण गरेको हुन्छ। मानिसहरु बाहिरि देखावटले नै कसैको कुरामाथि खेलबाड गर्दछन । भन्न सजिलै हुन्छ त्यहि कार्य गर्न कति कष्ट पर्दछ भनेर कसले भोगेको छ र ? त्यसलाई मात्र थाहा हुन्छ जसले आफ्नो जीवनको भोगाईलाई विश्वास गरेको हुन्छ र भोगाईलाई सहजै सामना गरेको हुन्छ ।

म खुसि पाउने आशामा दौडिरहन्छु तर खुसि म हिँड्ने बाटोभरि काँडा छर्दै भागिरहन्छ । खुसिको निम्ति दौडँदादौडदै शरिर भरि काँडैकाँडा बिझेको छ। झिक्नलाई अस्पताल धाउँदा धाउँदा थाकेको महशुस हुन्छ । थाहा छैन जीवनको यात्रा यत्ति होकि अझै बाँकि छ ? दशैँमा रातो टिका र जमरा लगाउँदै  बडादशैँमा मेरी हजुरआमाले भन्नुभएको थियो –“दैवका आँखा नलागुन, पढेर ठूलो मान्छे बन्न, आफ्नो बाआमालाई सुखले पाल्नु, सबैको मान्यगुन्य हुनु, कुनैपनि सफलता हाँसिल गर्दा नहत्तासिनु धैर्य गर्नु, आफुले गर्दा निकै भावपूर्ण कुराहरु प्रकट गर्नु भने कतै आफ्नो श्रेय पनि मिसावट गर्नु ” हजुरआमाले यहि आशिर्वाद सँगै हामिलाई सँधैको लागि छाडेर आफ्नो सुन्दर स्वर्ग  प्रस्थान गर्नुभयो। आज मेरी हजुरआमाले दिएको आर्शिवाद सम्झियो भने मनमा असाध्यै पिडाबोध भएर आउँछ । म एउटा गरिब किसान परिवारमा हुर्केको केटा जसले गर्दा ठूला ठूला सपनाहरु बुन्दथेँ, त पुरा गर्न असम्भव नै हुन्थ्यो ।

परिवारको खुसिको लागि विविध सपनाहरु बुन्दै जीवनको एकपाङ्ग्रे ठेलागाडा ठेल्दै गएँ । बाहिरी स्वरुप सबैको नजरमा राम्रै देखिएतापनि भित्रभित्रै धमिराले पत्रपत्र छुट्याईसकेको म मूलबाटो भेट्ने आशामा अनेकौँ छरिएका गोरेटोहरुमा पाईला चाल्दा चाल्दै सयौँ कोस परको मूलबाटो पछ्याउन नपाउँदै गलिसकेँ। प्यासलाग्दा पानि पिउन पाईएन, थकानलाग्दा आराम गर्ने अवसर नपाउँदै जीवनका रथहरु बिस्तारै विग्रन थाले । आफन्तहरु यो पिडामा सान्त्वनाका मिठा शब्दार्थहरु पोख्त गर्छन भने पराईहरु खुसिमा रमाउँछन् ।

मानिसको सबै जीवनी नेपाली बजारमा आउने पुस्तकका पानाहरुमा अटाउन सम्भव हुन्न तर जन्मदेखि मृत्युपर्यन्तको जीवनचक्र भन्दा जीवनको संक्षिप्त व्याख्या घतलाग्दो र पानाहरुमा अटाउन सक्ने हुन्छन । त्यस्तै पिडा र दुखान्तहरुपनि साँच्चिकै भयानक र चाखलाग्दा बन्न पुग्छन । आफ्नो जीवनको भाग्य रेखा कोर्न नपाउँदै कलममा मसि सकिएपछि अवसर र कल्पनाहरुलाई थाँति राखि बिरामी शरिरलाई एक्लो पनको सहारा दिँदै छु सबैको नजरमा आँखाको नानि बन्ने चाहना बिलाशिनतामा परिणत भएको छ । हुरिले घरको छानो उडाईदिएको छ, परिवारको खुसिमा लाखौँ पिडा थपिएका छन भएको त्यो पाखोबारि बेच्नुपर्ने भयो, खोले पाक्ने घरको चुल्होमा चामलको भात अब कहिल्यै नपाक्ने भयो, हिँड्ने बाटोहरुमा पर्खालको बाँध लागिदियो, शिरमा लगाएको टोपि हावाले उडाई लग्यो, पैतालामा लगाएको चप्पलको लोता चुँडियो, सर्टको टाँक खुस्कियो, सुरुवालको इँजार चुडियो अब म बस्त्र बिनाको नाङ्गो भएको छु ।

भिमसेन गाउँपालिका- ४ तान्द्राङ, गोरखा
हाल : साउदी अरेबिया ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...