News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बुर्जुवा शिक्षा बहिष्कार गरौँ’ भन्ने नेताका छोरा/छोरी युरोप अमेरिकामा उच्च शिक्षा हासिल गर्दै

    हिमाली संचार संवाददाता
    ४३९ पटक

    कर्ण अधिकारी नुवाकोट
    समय फेरीयो माओबादीका नेताहरूको बिचार फेरीए।कोही माओबाद त्याग गरी नयाँ शक्ति बने भने कोही नेकपा बने आखिर जो जे जे बने पनि कम्युनिष्टका झुण्ड नै हुन रंग मात्र बदलिएका हुन स्वाद भने एकै किसिमको छ।

    बिभिन्न पार्टीको नाममा आफ्नो पद र प्रतिष्ठालाई स्थापित गराउन सबै लागी परेका छन्।मैले कयौ पटक कम्युनिष्टका बिषयमा कलम चलाउदिन भनेर आफूलाई काबुमा राख्न खोजे तर जति खेर उनीहरूको ब्यबहार सतहमा छर्लङ देखिन्छ अनि आफुलाई कन्ट्रोल नै गर्न सक्दिन र लेख्न बाध्य हुन्छु।

    कुनै बेला बुर्जुवा शिक्षाको काम छैन यसका बिरूद्धमा जनबादी शिक्षा लागु गर्नु पर्छ भन्दै तत्कालिन माओबादीले साना साना ५र७ कक्षामा पढ्ने भाई बहिनीहरूलाई किताबको ठाउँमा बम बारूद र हतियार थमाएका थिए।

    आज समय फेरीयो १० बर्षे जनयुद्ध रोकियो।नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउछु भन्ने माओबादीका बागडोर सम्हाल्नेहरूलाई २०७० सालको संबिधान सभा चुनावमा जनताले पाखा लगाई दिए।जसको परीणाम २०७४ सालको प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठबन्धन गर्ने नाममा कमरेड प्रचण्ड लगाएतका नेताहरूले माओबादी केन्द्रलाई बिसर्जन गरे।

    आज हामीले माओबादी केन्द्र खोई भन्दा इतिहासको पानामा मात्र सिमित भएको पाउदछौ।जनतालाई थर्कमान बनाएको माओबादी अन्त्येमा आफै थर्किएर बिलय भई दियो।

    हिजोका दिनमा किताब कलम फ्यालेर जनयुद्धमा होमिएका भाई बहिनीहरू आज युवा भई सकेका छन।आज उनीहरू संग न त शिक्षा छ न त बन्दुक नै।न त उनीहरूलाई माओबादीले पत्यायो न त सरकारले नै कति त अयोग्य लडाकु ठहरीएर रूदै रूदै शिबिरबाट बाहिरीए।

    यति खेर कोही खाडीमा पसिनासंग पैसा साटि रहेका छन भने कोही बम बारूद र गोलीको चोट शरीरमा बोकेर आमरण अनसन बसी रहेका छन् तर ती हिजोका दिन बुर्जुवा शिक्षाको संज्ञा दिनेहरूका छोरा छोरीहरू युरोप अमेरीकामा उच्च शिक्षा हासिल गर्दैछन्।

    आखिर बुर्जुवा शिक्षा भन्नेहरूले आफ्नालाई चाँहि युरोप अमेरीकामा नै पढाउनु रहेछ भने बिचरा ती ५२र५३ सालमा ५र७ कक्षामा पढ्नेलाई किन बाध्य बनायौ बन्दुक बोक्नलाई रु केही दिन अगाडी सामाजिक संजाल फेसबुकको भित्तामा कमरेड जनार्दन शर्मा र कमरेड देबेन्द्र पौडेलका छोरीहरूले अमेरीकाको युनिभर्सिटीबाट स्नातकोत्तर पुरा गरेको तस्बिरहरू भाईरल भए।स्नातकोत्तर पास गर्नेमा जनार्दनको छोरी काब्यता गौतम र देबेन्द्रको छोरी गरीमा पौडेल हुन्।

    त्यसै गरी पूर्ब गृहमन्त्री कमरेड शक्ति बस्नेतको छोरी संगम पनि अमेरीकामै अध्ययनरत छिन्।त्यसै गरी नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको छोरी पनि भारतमै पढेकी हुन।

    बर्तमान समयमा नेताको छोरा छोरीले युरोप अमेरीका पढ्यो भनेर मेरो कुनै गुनासो होईन तर जनबादी शिक्षा लागु गर्छु भन्ने कमरेडहरूले आफ्ना सन्ततिका लागि किन बुर्जुवा शिक्षा रोजे भन्ने हो।एउटा कुरामा चाँहि कमरेड प्रचण्डलाई म मान्दछु।

    उहाँले जनयुद्धमा आफ्ना छोरा छोरीलाई आफैसंग हिडाए।कही कतै बिदेश पढ्न पठाएनन्।के त्यो युद्धमा होमिएका भाई बहिनीहरूको आत्माले यो कुरालाई सहजै पचाउला त रु आज न त शिक्षा छ न त शीप छ बेरोजगार भएर घरको न घाटको भई रहदा पक्कै पनि पछुतो चाँहि लागेकै हुनु पर्छ।

    माओबादीमा कोही रहरले लागे,कोही बाध्यता र बिबशताले लागे होलान तर आज ५२ देखि ७४ साल सम्म आई पुग्दा न त रहयो माओबादी न त रहयो माओबाद सबै बिदेशबाट आयतित हुन २२र२३ बर्ष पछि माओबादलाई उतै तिर नै फर्काई दिए।

    बिगतमा माओबादीका नेताहरूले ती कलिला बाल मस्तिष्कलाई नभुटेको भए कोही भाई बहिनी यति खेर डाक्टर,ईन्जिनियर साथै मास्टर भएर बस्थे होलान तर दुर्भाग्य ती भाई बहिनी आज कोहि परदेशमा छन त कोही नेपालै तड्पिएर बाँचि रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि...

    प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

    काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान...

    ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

    ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको सुनुवाइ स्थगित

    काठमाडौं, वैशाख ८ – गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

    धोबिखोलामा स्कुटर खस्दा भाग्यले बच्यो चालक

    काठमाडौं, वैशाख ८ – काठमाडौंको सेतोपुल नजिक सोमबार दिउँसो एक स्कुटर अनियन्त्रित भई धोबिखोलामा खस्ने...