News Portal

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

१७ पटक

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी चालक तथा स्थानीयवासी समस्यामा परेका छन्। शुल्क तिरेर शौचालय प्रयोग गर्नुपर्ने भए पनि पानीको उचित व्यवस्था नहुँदा सेवाग्राहीहरू मारमा परेका हुन्।

उक्त बसपार्कबाट दैनिक रूपमा गौरिगञ्ज, कानेपोखरी, अमरदह, आमवारी तथा विराटनगर लगायतका स्थानतर्फ सयौं यात्रुहरूको आवतजावत हुने गर्दछ। यात्रुको चापअनुसार शौचालय व्यवस्थापन र सरसफाइमा गम्भीर कमजोरी देखिएको यात्रु शंकर गिरीले बताए।

उनका अनुसार, “पैसा तिरेर शौचालय जाँदा पनि पानी हुँदैन। हात धुने व्यवस्था छैन। कतिपय अवस्थामा मिनरल वाटर किनेर जानुपर्ने बाध्यता छ।”

यस्तै, सवारी चालक बिशु विश्वकर्माले पनि शौचालयको अवस्था दयनीय रहेको गुनासो गरे। “हामी दैनिक बस चलाउँछौं। शौचालयको सरसफाइ राम्रो छैन, दुर्गन्ध पनि अत्यधिक आउँछ। सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्छ,” उनले भने।

स्थानीयवासीका अनुसार बसपार्क यात्रुहरूले विश्राम गर्ने र आधारभूत सेवा प्राप्त गर्ने स्थान भए पनि व्यवस्थापन पक्ष पूर्ण रूपमा कमजोर देखिएको छ। बसपार्क आसपासको खाली जग्गा झार–जंगलले ढाकिएको छ भने यात्रुहरू बस्न मिल्ने कुनै व्यवस्थित विश्रामस्थल समेत छैन।

स्थानीयहरूले सार्वजनिक शौचालयमा नियमित पानीको व्यवस्था, सरसफाइ, हात धुने सुविधा तथा प्रभावकारी व्यवस्थापनको माग गरेका छन्। समयमै सम्बन्धित निकायले ध्यान नदिए स्वास्थ्यसम्बन्धी जोखिम बढ्न सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...