News Portal

पैसाको लत र मान्छेको अस्तित्व

संगीता गुरुङ
३४८ पटक

“पैसा”—यो शब्द सुन्दा सानो लाग्छ, तर यसको प्रभाव अथाह छ। जबदेखि मानव सभ्यता अस्तित्वमा आयो, लेनदेनको स्वरूप समयअनुसार परिवर्तन हुँदै गयो। कुनै बेला सामान साटासाट गर्ने चलन थियो, पछि सुन, चाँदी जस्ता धातुलाई मूल्यको रूपमा स्वीकार गरियो। अनि आयो कागजी नोट र डिजिटल मुद्रा। तर जसले यो प्रणाली निर्माण गर्‍यो, उसले सायद कल्पना पनि गरेको थिएन कि पैसा मानव जीवनको एक अनिवार्य शर्त बन्नेछ।

पैसाको अभावमा खुसी हुन सकिन्छ तर आजको समाजमा पैसा बिना सम्मान मिल्दैन। पैसा नभएको मान्छे संग समाजको नजर बदलिन्छ, आफ्नै परिवार पराइ जस्तो व्यवहार गर्न थाल्छ। “हामी तँलाई मान्छौं” भन्ने नातेदार पनि पैसा सकिएपछि चिन्दैनन्। घरमा कोही बिरामी पर्दा पैसा छैन भने अस्पतालले हेर्दैन। शिक्षा पैसा बिना सम्भव छैन। जागिर खानेहरुले महिनाभरि दुःख गर्छन्, तर तलब आएपछि आधा पैसा कोठा भाडामा जान्छ, बाँकी खानपिनमा सकिन्छ। बचत गर्ने सोच मात्र सोचमा सीमित हुन्छ।

सबै भन्छन्, नशा खतरनाक छ। मदिरा, गाँजा, चुरोटको लत नराम्रो हो भनेर स्कूलमा पढाइन्छ, समाजले गलत ठहर गर्छ। तर पैसाको लत? यसबारे कोही बोलेको पाइँदैन। किनभने यो लत समाजले नै स्वीकृत गरेको छ। पैसा कमाउने भोकले मान्छे हत्या गर्छ, घुस खान बाध्य बनाउँछ, भाइलाई भाइको दुश्मन बनाउँछ। अपराधीलाई जोगाउँछ, निर्दोषलाई जेल हाल्छ। तर पनि संसार पैसाको पछि दौडिरहेको छ।

मानिस पैसालाई साधन बनाएर जिउनुपर्ने हो, तर अब त मानिस नै पैसाको दास बन्दै गएको छ। सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने सोचले मानवतालाई नै हराइरहेको छ। पैसाले सामान किन्न सकिन्छ, तर खुसी किन्न सकिन्न। सुविधायुक्त जीवन पाइन्छ, तर शान्ति पाइँदैन। मानिस धनी भएर पनि बेचैन छ, किनकि पैसाको तिर्खा कहिल्यै मेटिँदैन।

त्यसैले, पैसा जरुरी छ, तर त्यसको पछि दास बनेर भाग्नु झन् खतरनाक। पैसा साँचो अर्थमा उपयोग गर्न जानेनौं भने यसले हाम्रो अस्तित्व नै समाप्त पार्न सक्छ। पैसा हाम्रा लागि हो, हामी पैसाका लागि होइनौं।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...