News Portal

  • एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    ७४ पटक

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर” भनेर चिनिन्थ्यो। आज सुनसान र डरले भरिएको शहरमा परिणत भएको छ। सरकारी कार्यालयहरू, व्यस्त सडकहरू, व्यापारीहरूको भीड र चम्किला गगनचुम्बी भवनहरूले भरिएको त्यो शहर अहिले धुलाम्मे र खाली भवनहरूको शहर बनेको छ।

    अर्थतन्त्र कमजोर, अपराध बढ्दै देशको अर्थतन्त्र कमजोर बन्दै गएपछि बेरोजगारी र आर्थिक संकट तीव्र भयो। व्यापारीहरू घाटामा परे, धेरै कम्पनीहरूले आफ्ना अफिस बन्द गरे र अन्य शहरमा सरे। कहिल्यै भाडा लिन नसकिने भवनहरू अहिले भाडा लाग्दैनन्।

    अर्थिक संकटसँगै अपराधको लहर आयो — रातमा लुटपाट, दिनमा चोरी र कहिलेकाहीँ आगजनी। यसले भवनका मालिकहरू र लगानीकर्ताहरूलाई डरायो। पिटोरियालाई विदेशी लगानीकर्ताले “Risk Zone” घोषित गरेपछि शहरबाट मानिस पलायन गर्न थाले। आज त्यहाँ मानिस होइन, धुलो र चरा मात्र बसोबास गर्छन्।

    सरकारी सहरबाट ‘पुरानो सहर’ मा रूपान्तरण पिटोरिया, जुन एक समय दक्षिण अफ्रिकी सरकारको प्रशासनिक मुटु थियो, अहिले “पुरानो सहर” को उपमा पाउन थालेको छ। सरकारी विभागहरू क्रमशः अन्य सहरमा सर्दै छन्। सडकका बत्तीहरू मन्द भएका छन्, पसलहरू बन्द छन् र भवनहरू आफ्नो गौरवका स्मृतिमा मात्र उभिएका छन्।

    अपार्थाइडको दीर्घ असर दक्षिण अफ्रिकामा १९४८ देखि १९९० दशकसम्म चलिरहेको जातीय विभेद प्रणाली अपार्थाइड (Apartheid) को प्रभाव आजसम्म देखिन्छ। गोरा र काला समुदायबीचको विभेदले शिक्षादेखि रोजगारी र सम्पत्तिसम्म असमानता बढाएको छ। यही कारण अहिले पनि पिटोरिया र जोहान्सबर्गमा गरिबी, बेरोजगारी र असमानता उच्च स्तरमा छ।

    नेपालका लागि चेतावनी पिटोरियाको पतनले नेपालका सहरहरूका लागि पनि चेतावनी दिएको छ। अहिले नेपालमा तीव्र गतिमा शहरीकरण र भवन निर्माण भइरहेको छ — काठमाडौं, पोखरा, भरतपुरलगायतका सहरहरूमा नयाँ अपार्टमेन्ट र टावरहरू बढिरहेका छन्। तर यदि रोजगारी सिर्जना भएन, लगानी घट्यो र योजनाविहीन रूपमा भवन मात्रै बनाइँदै गइरह्यो भने नेपालका सहरहरू पनि पिटोरियाको कथा दोहोरिन सक्छन्।

    ‘भवनले होइन, व्यवस्थाले राज्य बाँच्दछ।  सुवेदी भन्छन् – “हुन त भवनले होइन, व्यवस्थाले राज्य बाँच्दछ।”नेपालले अझै पनि समयमै सुधार गर्ने अवसर गुमाएको छैन। आर्थिक सशक्तीकरण, रोजगारीको अवसर, सुरक्षाको प्रत्याभूति र दीगो शहरी योजनामा जोड दिन सके मात्र हाम्रा शहरहरू कहिल्यै खाली बन्ने छैनन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...