News Portal

नेपालमा बाल क्यान्सर उपचारका लागि निःशुल्क औषधिको पहिलो खेप आइपुग्यो

बाल क्यान्सरको उपचारमा आवश्यक पर्ने औषधिको पहिलो खेप नेपालमा आइपुगेको छ।

संगीता गुरुङ
१८९ पटक

काठमाडौं, ५ फागुन – बाल क्यान्सरको उपचारमा आवश्यक पर्ने औषधिको पहिलो खेप नेपालमा आइपुगेको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समर्थनमा नेपाललाई बाल क्यान्सर उपचारका लागि ३५ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध गराइने सम्झौता गरिएको थियो।

सोही सम्झौताअनुसार, नेपालमा पहिलो खेपको २,३०० भन्दा बढी औषधि प्याकेट आइपुगेको जानकारी डब्लुएचओका बाल क्यान्सर विशेषज्ञ डा. सुमन पन्थीले दिएका छन्। यी औषधिहरू नेपालका ४ प्रमुख अस्पताललाई वितरण गरिनेछ, जसमा भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र बीपी कोइराला क्यान्सर अस्पताल समावेश छन्।

सरकारले २०८१ मंसिर १ गतेबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो। अब यी औषधिहरूको आगमनसँगै क्यान्सर उपचार प्रक्रिया अझ सरल र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नेपालमा हाल बाल क्यान्सरको निको हुने दर ३० प्रतिशतको आसपास छ। सरकारको लक्ष्य भनेको २०३० सम्म यस दरलाई ६० प्रतिशत पुर्याउने छ। डा. पन्थीका अनुसार, निःशुल्क औषधि प्राप्ति पछि बाल क्यान्सरको उपचारमा सुधार हुने र निको हुने दरमा वृद्धि हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...