News Portal

ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

२३४ पटक

काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर मर्मत नगर्ने बताएका छन्। बुधबार जेनजी आन्दोलनकारीले आगजनी गरेको घर हेर्न बालकोट पुगेका बस्नेतले ओलीका लागि नयाँ घर गुण्डुमा निर्माण गरिने घोषणा गरे।

उनका अनुसार बालकोटको घरमा पुनःखर्च गर्नुको साटो गुण्डुमा नयाँ वासस्थान बनाइनेछ, जसलाई ‘ओली कुटी’ नाम दिइनेछ। बस्नेतले भने, “हामी उहाँका लागि गुण्डुमा बस्ने घर बनाउँदैछौं। अहिले बालकोटमा मर्मत गर्ने योजना छैन।”

बस्नेतले ओलीको परिवार सानो भएकाले ठूलो जग्गा-जमिनको आवश्यकता नभएको उल्लेख गरे। साथै उनले जलेको घर ओलीको व्यक्तिगत सम्पत्ति नभई राष्ट्रिय सम्पत्तिको रूपमा रहेको दाबी पनि गरे।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...