News Portal

भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

२४१ पटक

काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका साथ निगरानी बढाएको बताएका छन्। बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाई दुवै भक्तपुरमै बस्ने भएकाले सरकारलाई थप चुनौती आएको बताए।

अर्यालले प्रसाईमाथि राजनीतिक व्यवहार नगरी, आवश्यक परे क्रिमिनल केसअनुसार कदम चालिने संकेत गरेका छन्। बैठकमा सहभागी नेताहरुले पनि छठपछिको सरकारले यस विषयमा सख्त नीति अपनाउने देखिएको बताए।

गृहमन्त्रीले आफूमाथि राजनीतिक हिंसा भइरहेको र मिडियाले उनका कुरा सही ढंगले प्रस्तुत नगरेको बताएका छन्। उनी केही दलका नेताहरुबाट धम्कीपूर्ण अभिव्यक्ति आएको कारण सतर्क भएको पनि स्पष्ट पार्दै भने।

त्यसैगरी, उनले एमाले महासचिव शंकर पोखरेलसँग पनि विवाद भएको उल्लेख गर्दै देशलाई अस्थिर बनाउने र वैदेशिक हस्तक्षेपको खतरा रहेको जानकारी पाएपछि गम्भीर बन्न आग्रह गरेको बताए।

स्रोतका अनुसार, सरकारको निगरानी भक्तपुरका सक्रिय राजनीतिक र व्यवसायिक व्यक्तिहरूमा केन्द्रित भएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...