
काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका साथ निगरानी बढाएको बताएका छन्। बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाई दुवै भक्तपुरमै बस्ने भएकाले सरकारलाई थप चुनौती आएको बताए।
अर्यालले प्रसाईमाथि राजनीतिक व्यवहार नगरी, आवश्यक परे क्रिमिनल केसअनुसार कदम चालिने संकेत गरेका छन्। बैठकमा सहभागी नेताहरुले पनि छठपछिको सरकारले यस विषयमा सख्त नीति अपनाउने देखिएको बताए।
गृहमन्त्रीले आफूमाथि राजनीतिक हिंसा भइरहेको र मिडियाले उनका कुरा सही ढंगले प्रस्तुत नगरेको बताएका छन्। उनी केही दलका नेताहरुबाट धम्कीपूर्ण अभिव्यक्ति आएको कारण सतर्क भएको पनि स्पष्ट पार्दै भने।
त्यसैगरी, उनले एमाले महासचिव शंकर पोखरेलसँग पनि विवाद भएको उल्लेख गर्दै देशलाई अस्थिर बनाउने र वैदेशिक हस्तक्षेपको खतरा रहेको जानकारी पाएपछि गम्भीर बन्न आग्रह गरेको बताए।
स्रोतका अनुसार, सरकारको निगरानी भक्तपुरका सक्रिय राजनीतिक र व्यवसायिक व्यक्तिहरूमा केन्द्रित भएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
