News Portal

  • छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    ११९ पटक

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग हुने ढककी, सुप्पा, कोनिया, ढाला जस्ता बाँसका चोया सामग्री बनाउन स्थानीयहरू व्यस्त भएका छन्।

    रंगेली नगरपालिका–६ स्थित माझी टोल र मल्कालिक टोलमा बसोबास गर्दै आएका करिब ६० घरपरिवार अहिले छठ पर्वका लागि यी सामग्री बनाउन व्यस्त छन्। उनीहरू तराई क्षेत्रमा पाइने बाँसबाट चोया निकालेर आवश्यक सामग्री तयार पार्दै आएका छन्।

    बिगतमा यही पेशाबाट राम्रो आम्दानी हुने गरे पनि अहिले खुला सिमानाका कारण भारतीयहरूले नेपालमा आएर सस्तो मूल्यमा यस्ता सामग्री बिक्री गर्न थालेपछि आफ्नाे रोजगारीमा असर परेको स्थानीय रुपेश मल्लिकले बताए।

    उनका अनुसार यो पुर्ख्यौली पेशा भएकाले आफूहरूले यसको जगेर्ना गर्दै आएका छन्। तर बाँस महँगो भएको र सामग्री बनाउँदा हातखुट्टा कुटिने, कानिने समस्या हुने पनि बताए।

    उनीहरूले तयार पारेका सामग्रीहरू रंगेली, कर्सिया, दोहमाना र डाइनिया बजारमा बिक्री गर्छन्। एक दिनमा ८ देखि १० वटा सुप्पा बनाउन सकिने र एउटा बाँसबाट ५ देखि ६ वटा सामग्री तयार हुने मल्लिकले जानकारी दिए।

    छठ पर्वका लागि अहिले बजारमा सुप्पा प्रतिगोटा १५० रुपैयाँ, ढककी ३०० देखि ३५० रुपैयाँ र ढकना १०० रुपैयाँसम्म बिक्री भइरहेको छ।

    अहिले उनीहरू छठ पर्वमा आवश्यक पर्ने अन्य सामग्रीहरूको जोहो गर्न पनि थालेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...