News Portal

लघुकथा – ‘समाज’

तपिकुमार सिंह ठकुरी
६१२ पटक

एक जना किसानले उसको घरमा जनाबरहरु पालेको थियो। जस्मा मुसा, परेवा, भाले र बोका थिए। ति जनाबरहरु बस्थे त एउटै घरमा तर एक अर्कालाई सानो सम्झन्थे आफै ठूलो र मालिकको प्रीय आफै हु ठान्थे।

एक दिन मुसाको दुलोको सर्प पस्यो मुसो दौडदै परेवा कहाँ आयो। परेवासँग गुहार माँग्दै-‘परेवा मेरो घरभित्र सर्प पस्यो लौन यसलाई भगाउन मद्त गर’! परेवाले भन्यो- ‘त्यो तेरो समस्या हो’। मुसा डराएको थियो। परेवाले सहायता नगरेपछि भाले ठाउँमा गएर आफ्नो समस्या बतायो। भालेले पनि त्यहि भन्यो -‘ त्यो तेरो समस्या हो आफै सुल्टा’। फेरि हतासिदै बोका समक्ष गयो- लौन! बोका दाजु मेरो दुलोमा सर्प घुस्यो यसलाई भगाउन मद्त गरिदिनुहोस्। नत्र भने सर्पले मलाई खाइदिन्छ’। बोकोले पनि त्यहि निराशजनक जवाफ दिएपछि मुसा निराश हुदै दुलोको छेउमा गएर बस्यो। केही समय कुरेपछि रात पर्यो। सर्पको केही हलचल नभपछि साहेद दुलो बाटो फिर्ता गयो होला भन्ने ठानेर मुसा दुलो भित्र पस्यो।

सर्प मुसाको बाटो कुरेर बसेको थियो। मुसा दुलो भित्र पस्न साथ झम्टेर मुखमा मिलायो र खायो।

भोलिपल्ट बिहान भयो सबै जनाबर आफ्नो खाना खाने ठाउँमा जम्मा भए तर मुसा भने आएन। मालिक मुसाले आज किन ढिला गर्यो त भनेर मुसाको दुलो तिर जान्छ। सर्प मुसा खाएर तेहि दुलोमा आनन्दले गुन्डलि मारेर बसेको थियो। सर्पको पुच्छर दुलाको मुख बाहिर निक्लेको थियो। मालिकले मुसाको पुच्छर ठानेर पुच्छर समाएर बाहिर तान्छ सर्पले पर्केर मालिकको हातमा टोकि दिन्छ।

मालिक हतारिदै परेवालाई बोलाउछ र परेवाको मलद्वार सर्पले टोकेको ठाउँमा मिलाएर सर्पको जहर निकल्छ। सर्पको जहर परेवाको शरिरमा सर्छ अनि परेवा तुरन्तै मर्छ।

उता मलिक आफ्नो ज्यान बचेकोमा खुशी हुन्छ, यसै खुशियालीमा भालेलाई काटेर खान्छ। अनि आफुलाइ सर्पले टोकेर ज्यान बचेको कुरा आफ्ना आफन्तहरूलाई बोलाएर खुशियालीमा बोकालाई काटेर खान्छ।

सबैले बिचरा मुसाको समस्याको हल निकालेको भए कोहीको पनि ज्यान जाने थिएन।

त्यसैले: समाजमा बसेपछि हर कोहीको समस्या भएपछि त्यो समस्या तपाई हामीसँग जोडिएको हुन्छ, त्यसैले त समाज बनाएर बसेका हुन्छौ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...