News Portal

कबिता – ए ! पल

हिमालीसंचार संवाददाता
६३६ पटक

– तपिकुमार सिंह ठकुरी

ए ! पल अलि बिस्तारै विस्तारै चल
बातबाँकी छ, उज्यालो हुन रातबाँकी छ
केहि छुटेका छन मन्का बातहरु
जूनतारा साँछी राखेका ती रातहरु
ए ! पल अलि बिस्तारै विस्तारै चल्
धोएको चोख्खो प्रीत थियो नगर्नु है छल्

बालापनका सप्नहरू बाँकी छन्
पुरा नगरी भाग्दैछस् हतारमा झन्
ए ! पल अलि बिस्तारै विस्तारै चल
समय होकी भाग्यले खोई कल्ले गऱ्यो छल्

दबिएका रहरहरु भरखर उठ्दै छन्
थकित मन्का आसाहरु भरखर जुट्दैछन्
ए ! पल अलि बिस्तारै बिस्तारै चल्
मौलाउँदै छन् तृणा आशाहरु छोडेर थल्

बच्पनका ति रंगिन सप्नहरु गाढिदै छन्
ति पिडामय काँचुली फेरिएर टाढिदै छन्
ए!पल अलि बिस्तारै बिस्तारै चल्
भरखर रमाइलो लाग्दैछ यो धरातल्

खुसि हुने उन्माद भरखर चढेको छ
उमेरले नेटो कट्यो मन्को त्रास बढेको छ
ए ! पल अलि बिस्तारै बिस्तारै चल्
ए मन पलपल हैन जल्छस् त एकै पल्ट जल्

सिसिर सक्किएर बशन्त ऋतु लाग्दैछ
केसको कालो रंग छाडि श्वेत हिउँले ढाक्दैछ
ए ! पल अलि बिस्तारै बिस्तारै चल्
मन्को घाउँ जलाउछस् त धुवाँ देखाएर जल्।।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...