
– तपिकुमार सिंह ठकुरी
ए ! पल अलि बिस्तारै विस्तारै चल
बातबाँकी छ, उज्यालो हुन रातबाँकी छ
केहि छुटेका छन मन्का बातहरु
जूनतारा साँछी राखेका ती रातहरु
ए ! पल अलि बिस्तारै विस्तारै चल्
धोएको चोख्खो प्रीत थियो नगर्नु है छल्
बालापनका सप्नहरू बाँकी छन्
पुरा नगरी भाग्दैछस् हतारमा झन्
ए ! पल अलि बिस्तारै विस्तारै चल
समय होकी भाग्यले खोई कल्ले गऱ्यो छल्
दबिएका रहरहरु भरखर उठ्दै छन्
थकित मन्का आसाहरु भरखर जुट्दैछन्
ए ! पल अलि बिस्तारै बिस्तारै चल्
मौलाउँदै छन् तृणा आशाहरु छोडेर थल्
बच्पनका ति रंगिन सप्नहरु गाढिदै छन्
ति पिडामय काँचुली फेरिएर टाढिदै छन्
ए!पल अलि बिस्तारै बिस्तारै चल्
भरखर रमाइलो लाग्दैछ यो धरातल्
खुसि हुने उन्माद भरखर चढेको छ
उमेरले नेटो कट्यो मन्को त्रास बढेको छ
ए ! पल अलि बिस्तारै बिस्तारै चल्
ए मन पलपल हैन जल्छस् त एकै पल्ट जल्
सिसिर सक्किएर बशन्त ऋतु लाग्दैछ
केसको कालो रंग छाडि श्वेत हिउँले ढाक्दैछ
ए ! पल अलि बिस्तारै बिस्तारै चल्
मन्को घाउँ जलाउछस् त धुवाँ देखाएर जल्।।
