
रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कुल १ सय ३१ मतदातामध्ये १ सय १७ मत खसेको थियो।
नगरसभापति पदमा हरेन्द्र बराल ८९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुरज कुमार यादवले २७ मत प्राप्त गरेका थिए।
उपसभापति पदमा बसन्त कुमार मण्डल ४९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी शिवु थापाले ४१ मत प्राप्त गरेका थिए भने बसुन्धरा कुमारी महतोले १४ र महेश कुमार साहले १० मत प्राप्त गरेका थिए।
त्यसैगरी सचिव पदमा देवीप्रसाद मैनाली ६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी विनोद मण्डलले ११ तथा विवेक कार्कीले २७ मत प्राप्त गरेका थिए।
सहसचिव पदमा मन्तोष कुमार साह ५६ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी जागेश्वर प्रसाद मण्डलले ३८ तथा रविन्द्र प्रसाद यादवले १७ मत प्राप्त गरेका थिए।
सदस्य पदतर्फ निजामुद्दिन, गोविन्द झा, अनिल कुमार राई, प्रकाशचन्द्र भट्टराई तथा हेमबहादुर काफ्ले विजयी भएका छन्। निजामुद्दिन, गोविन्द झा र अनिल कुमार राईले समान ६१ मत प्राप्त गरेका छन् भने प्रकाशचन्द्र भट्टराईले ५६ र हेमबहादुर काफ्लेले ४३ मत प्राप्त गरेका छन्। सदस्य पदका अन्य उम्मेदवारमध्ये बद्रीकुमार कार्कीले ४० तथा दिपेश खतिवडाले ३१ मत प्राप्त गरेका थिए।
महिला सदस्यतर्फ कोपिला रेग्मी, पुनम कुमारी मण्डल, दीक्षा शाह र इन्दिरापुरी निर्विरोध निर्वाचित भएका छन्। रास्वपा रंगेली नगरपालिकाको प्रथम नगर अधिवेशनलाई पार्टी संगठन विस्तार, स्थानीय तहमा नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक रणनीति निर्माणका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।