News Portal

  • खाद्यविद् बरालको `म:म:का पाइलाहरु´को विमोचन

    २१६ पटक

    लण्डन। बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित`म:म:का पाइलाहरु´को विमोचन सम्पन्न भएकोछ।

    बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको`दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो।

    साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, उद्यमी जनक राई तथा मदिराविद् तारा वाइबनले कृति संयुक्त रुपमा विमोचन गरेका थिए।

    विमोचनपछि साहित्यकार युवराज नयाँघरेले भने,`हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने गर्छ। यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ।` नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भूमिका खेल्ने छन्।´

    कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने बताए।

    अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृति सफलताका लागि शुभकामना दिए। कार्यक्रमको आयोजकमा मो: मो: फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेको थियो।

    पोखरामा जन्मिएका बराल लामो समयदेखि लण्डनमा बस्दै आएका छन्। बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायकाे सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन्।

    जुम्बारा तथा मोमो एण्ड रोटी रेस्टुरेन्टहरुका सह संस्थापक बराल बिनोद बराल स्कुल अफ हस्पिटालिटीका संस्थापक पनि हुन्। सन् २०२२ मा कतारमा अयोजित फिफा विश्व कपमा खेलाडीहरुलाई खाना बनाएर खुवाएका उनी ‘ग्लोबल गुडविल एम्बेसडर’ पनि हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...