News Portal

गंगा जमुना मेला कार्तिक २६ गते

हिमालीसंचार संवाददाता
३७५ पटक

धादिङ -धार्मिक प्राकृतिक सुन्दरता बोकेको गंगा-जमुना झरनालाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा २०७७ मै छनोट गरिसकेको स्थान हो । यहाँ हरेक साल कार्तिक शुक्ल दशमी तिथिमा विशाल मेला लाग्ने गर्दछ । यस वर्षको मेला यहि कार्तिक २६ गते हुने छ । यस दिन ठुलो धार्मिक मेला सँगै राष्ट्रिय तथा स्थानीय कलाकोरहरुको बेजोड साँस्कृतिक कार्यक्रम समेत हुने छ ।

 हिमाल नै चाहि दुरिको हिसावले १६ सय खोला-अर्थात वर्तमान चुम भ्याली (गोर्खा) र केरुङ (भोट/तिव्वत) को पर र वर रहेको सिमारेखाकै आसपास पर्छ, तर पर्वतमाला भने सल्यानटारबाट उठेर यहि गंगा जमुनाको झर्ना र चट्टानको फेरो (मान्वु-गंगाजमुना र रुवि भ्याली हुदै माथि आकाशिन पुग्दछ ।

गंगा जमुनाको झर्ना संगै रहेको चट्टान भित्र टलक्क टल्कने रुविको मुखमा दुध र जल हालीदिने परमपरा धेरै पुरानो हो । जस्लाई गणेशको मुख (सुड) को रुपमा अर्थयाउने हाम्रा पृर्य हजुरबुबाका पुस्ताहरु सायदै ४० वर्ष यता कोहि जिवित रहेनन्नै । दुर्घटनावस काटेको मान्छेमा पशुको टाऊंको जोडेर वनेको गणेशलाई रगत र वलि नदिने परमपरा छ । त्यसैले यसमा फुलका डोलि र पालियका परेबाहरुलाई स्वतन्त्र रुपमा आकाश गंगामा छोडिने गरिन्छ ।

निरन्तर धामि झाक्रिहरुको आगमन भईरहने यस पर्वतमा जडिबुटिको अथाहा परिकार रहेको विस्वास मात्र गरिदैन यहांको जडिवुटिको रसहरुबाट बग्ने पानीले जनावरहरु टोकाईमा लाग्न सक्ने रेविज जस्ता घातक रोगको पनि उपचार हुने विस्वासमा अझै निरन्तरता छ ।

हनुमानले औषधि खोज्न आऊदा नाना थरिका जडिवुटि विच चाहिने जडिवुटि छुट्याउन नसकेर यहिको पाहाडनै उठायर लगेको र त्यसको परिपुर्ति भई रहोस (सिंचन) भनेर दुई विशाल नदिहरु गंगा र जमुनाको पानी वाफको रुपमा पठायको त्यो वाफनै यहि चट्टानमा ठोकियर झर्नाको रुप लिएको कथनहरु पाईन्छ ।धार्मिक विश्वास अनुसार गंगा जमुना रहेको गणेश पर्वत श्रृखङ्ला गणेश शिव पार्वतीका पुत्र हुन् । शिव पार्वतीको निवास स्थान कैलाश पर्वत र गणेशको निवास स्थल यहि यहि हो भन्न परम्परा छ ।

ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा वर्णित यस सुरभ्य भुभागमा गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायत तीर्थस्थलहरु प्राचीनकाल देखिनै श्रद्धा र विश्वास रहि आएको छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...