News Portal

फिल्म डेब्युको तयारीमा टिकटकर आयुष : ‘राम नाम सत्य’मा देखिने

४८९ पटक

काठमाडौं, साउन १२ – टिकटकमा छुट्टै पहिचान बनाएका आयुष सिंह ठकुरी अब फिल्मको पर्दामा देखिने भएका छन्। निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’ मार्फत ठकुरीले अभिनय यात्रा सुरु गर्न लागेका हुन्।

ठकुरी र निर्माता उपेन्द्र शाहीबीच केही दिनअघि औपचारिक सम्झौता भएको छ। सामाजिक सञ्जालबाट चर्चामा आएका ठकुरीले फिल्म साइन गरेपछि भने, “धेरै फिल्म अफर थिए, तर ‘राम नाम सत्य’को कथा मेरो मन छुने खालको भयो। यही फिल्मबाट डेब्यु गर्ने निधो गरें।”

निर्देशक चन्दले ठकुरीलाई अभिनय र एक्सन तालिम दिइरहेका छन्। उनले भने, “उहाँको लगाव, मेहनत र निरन्तरताले हामीलाई आशावादी बनाएको छ। अहिले उनी अभिनयको विशेष कोर्समा पनि सहभागी हुँदैछन्।”

फिल्म ‘राम नाम सत्य’ साउन २९ गतेदेखि छायांकनमा जान तयारी अवस्थामा छ। फिल्मलाई प्रेम, एक्सन र सस्पेन्सको मिश्रणमा तयार पारिने योजना छ। यसअघि नै फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी र रवि गिरी जस्ता कलाकार अनुबन्ध भइसकेका छन्। अब एक प्रमुख अभिनेत्रीको छनोटपछि कलाकारहरूको सूची पूरा हुनेछ।

उपेन्द्र शाही र श्वेता विमली फिल्मका निर्माता हुन् भने किशोर भट्ट र डा. डीआर उपाध्याय सह–निर्माताको रूपमा सहभागी छन्। फिल्मको छायांकन संजय लामाले गर्नेछन् भने चितवन र काठमाडौं आसपासका स्थानमा खिचाइ हुनेछ। तेजविक्रम केसी हेड अफ प्रोडक्सन र नविनजंग शाह प्रोडक्सन कन्ट्रोलरको भूमिकामा रहनेछन्। संगीत पक्ष अर्जुन पोखरेल र बाबुल गिरीले सम्हाल्नेछन्।

यही ब्यानर अन्तर्गत निर्माण हुने यो चलचित्र माइकल इन्टरटेन्मेन्ट हाउस को प्रस्तुतिमा तयार हुँदैछ। केही समयअघि निर्माता किरण नेपालीले ठकुरी र उनकी श्रीमती एलिजेलाई पनि फिल्मको प्रस्ताव राखेका थिए, यद्यपि उक्त प्रोजेक्टबारे थप जानकारी आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...