News Portal

फिल्म डेब्युको तयारीमा टिकटकर आयुष : ‘राम नाम सत्य’मा देखिने

४०३ पटक

काठमाडौं, साउन १२ – टिकटकमा छुट्टै पहिचान बनाएका आयुष सिंह ठकुरी अब फिल्मको पर्दामा देखिने भएका छन्। निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’ मार्फत ठकुरीले अभिनय यात्रा सुरु गर्न लागेका हुन्।

ठकुरी र निर्माता उपेन्द्र शाहीबीच केही दिनअघि औपचारिक सम्झौता भएको छ। सामाजिक सञ्जालबाट चर्चामा आएका ठकुरीले फिल्म साइन गरेपछि भने, “धेरै फिल्म अफर थिए, तर ‘राम नाम सत्य’को कथा मेरो मन छुने खालको भयो। यही फिल्मबाट डेब्यु गर्ने निधो गरें।”

निर्देशक चन्दले ठकुरीलाई अभिनय र एक्सन तालिम दिइरहेका छन्। उनले भने, “उहाँको लगाव, मेहनत र निरन्तरताले हामीलाई आशावादी बनाएको छ। अहिले उनी अभिनयको विशेष कोर्समा पनि सहभागी हुँदैछन्।”

फिल्म ‘राम नाम सत्य’ साउन २९ गतेदेखि छायांकनमा जान तयारी अवस्थामा छ। फिल्मलाई प्रेम, एक्सन र सस्पेन्सको मिश्रणमा तयार पारिने योजना छ। यसअघि नै फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी र रवि गिरी जस्ता कलाकार अनुबन्ध भइसकेका छन्। अब एक प्रमुख अभिनेत्रीको छनोटपछि कलाकारहरूको सूची पूरा हुनेछ।

उपेन्द्र शाही र श्वेता विमली फिल्मका निर्माता हुन् भने किशोर भट्ट र डा. डीआर उपाध्याय सह–निर्माताको रूपमा सहभागी छन्। फिल्मको छायांकन संजय लामाले गर्नेछन् भने चितवन र काठमाडौं आसपासका स्थानमा खिचाइ हुनेछ। तेजविक्रम केसी हेड अफ प्रोडक्सन र नविनजंग शाह प्रोडक्सन कन्ट्रोलरको भूमिकामा रहनेछन्। संगीत पक्ष अर्जुन पोखरेल र बाबुल गिरीले सम्हाल्नेछन्।

यही ब्यानर अन्तर्गत निर्माण हुने यो चलचित्र माइकल इन्टरटेन्मेन्ट हाउस को प्रस्तुतिमा तयार हुँदैछ। केही समयअघि निर्माता किरण नेपालीले ठकुरी र उनकी श्रीमती एलिजेलाई पनि फिल्मको प्रस्ताव राखेका थिए, यद्यपि उक्त प्रोजेक्टबारे थप जानकारी आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...