News Portal

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन

हिमालीसंचार संवाददाता
३४१ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन्।

बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘अहिले बनेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन। बहाना हो। किनभने अघिल्लो सरकारले भ्रष्टाचारकोविरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अफ्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार।’

अहिले संविधान संशोधनको बहस नागरिक समाज बुद्धिजीवीहरूले पनि उठाइरहेको उनले बताए। उनले एमाले नेतृत्वलाई यो संविधान घाँडो लाग्न थालेको जिकिर गरेका थिए।

‘संविधान बनाउने बेलामै चाहिँदैन थियौँ भन्ने साथीहरु नै पार्टीको नेतृत्वमा पनि हुनुहुन्छ, सरकारको पनि नेतृत्वमा हुनुहुन्छ। सुरु देखिनै मन परेको छैन। उहाँहरूले यो संविधान आफ्नो भन्दा बाहिर भएको ठान्नुहुन्छ ’ उनले भने, ‘ उहाँहरूको चाहना संविधान संशोधन हो भन्ने पनि मलाई लाग्दैन। उहाँहरूको चासो संविधान खारेजी हो। उहाँहरूको चाहना संविधान खारेजी हो।’

एकै पटक खारेज भन्दा नमिल्ने भएर मात्रै संशोधन प्रयोग गर्न खोजिएको प्रचण्डको भनाइ थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक गरेको संसद् विघटनलाई पनि सदन विघटन मात्रै नभएर त्यसको मूल उद्देश्य संविधान विघटन रहेको बताए।

‘उहाँहरूलाई समावेशिता त्यति मन परेको छैन। समानुपातिक त झन् मन परेको छैन। सङ्घीयता पनि मन परेको छैन ,अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन है। बयलगाडा सिद्धान्त त हामी सबैले सम्झेकै छौ नि त’ प्रचण्डले भने, ‘ बयलगाडाको सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको सिद्धान्त मन परेको छैन नि मनभित्र त’ संविधानमा माओवादीको अनुहार देख्ने गरेको उनले टिप्पणी गरेका थिए।

संविधान संशोधनको विषय उठाउने अधिकार माओवादी केन्द्रलाई रहेको बताए। संविधान संशोधन भन्दा संविधान कार्यान्वयन महत्त्वपूर्ण विषय रहेको उनको भनाइ थियो। उनले प्रदेशलाई दिने भनेको अधिकार अहिलेसम्म नपाएको बताए।

अध्यक्ष प्रचण्डले मुलुकमा अझै संकट नहटेको टिप्पणी गरे। ‘पहिलो र दोस्रो पार्टीले जुन तरिकाले सरकार बनाउनु भयो संकट त्यही छ साँच्चै देश र जनताको समस्याप्रति गम्भीर र जिम्मेवार भए त लुकाउनु पर्ने ,छल्नु पर्ने ,ढाँट्नु पर्ने हुँदैन नि ’ उनले भने ‘संकट छ, संकट त्यही छ।’

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...