News Portal

  • कृषि कर्ममा रमाइरहेका हरिनासका रेसबहादुर

    हिमालीसंचार संवाददाता
    २५४ पटक

    स्याङ्जा। हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा आफूलाई बाख्रापालक किसानकै रुपमा चिनाएका छन्। अघिल्लो कार्यकालमा वडा सदस्य भएर जनसेवा गरेका उनी फेरि पशुपालनमै फर्किएका हुन्।

    ०७४ मा जनप्रतिनिधि बन्नुअघि उनले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका थिए। परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेको बताउँछन्।

    ‘घरमा भएका खरी जातका ८ वटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका १/१ वटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, उनले भने, ‘अहिले फार्ममा ७३ वटा बाख्रा छन्।’ किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा ३ लाख ५० हजार आम्दानी गर्दै आएको बताए।

    उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन्। ‘केराखेतीबाट वार्षिक १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छु। यो वर्ष २ सय ९२ केराका बोट हावाले ढाल्यो’, उनले भने। उनले फार्ममा अहिलेसम्म १५ लाख रुपैयाँ लगानी गरेका छन्।

    उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन्। ‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ। उत्पादन गर्न सके बजारको समस्या छैन। खसीबोका पोखरा पठाउँछु’, किसान क्षेत्रीले भने, ‘चरन क्षेत्रको समस्या छैन।’

    यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन्। एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ। सरकारले कृषि क्षेत्रमा प्रगति हासिल गर्न रकममा भन्दा दानापानीमा अनुदान दिनुपर्ने उनको सुझाव छ। (रासस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज साउन १३ गतेको राशिफल

    आज साउन १३, २०८२ (जुलाई २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

    पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल...

    फिल्म डेब्युको तयारीमा टिकटकर आयुष : ‘राम नाम सत्य’मा देखिने

    काठमाडौं, साउन १२ – टिकटकमा छुट्टै पहिचान बनाएका आयुष सिंह ठकुरी अब फिल्मको पर्दामा देखिने...

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...