News Portal

कृषि कर्ममा रमाइरहेका हरिनासका रेसबहादुर

हिमालीसंचार संवाददाता
४०० पटक

स्याङ्जा। हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा आफूलाई बाख्रापालक किसानकै रुपमा चिनाएका छन्। अघिल्लो कार्यकालमा वडा सदस्य भएर जनसेवा गरेका उनी फेरि पशुपालनमै फर्किएका हुन्।

०७४ मा जनप्रतिनिधि बन्नुअघि उनले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका थिए। परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेको बताउँछन्।

‘घरमा भएका खरी जातका ८ वटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका १/१ वटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, उनले भने, ‘अहिले फार्ममा ७३ वटा बाख्रा छन्।’ किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा ३ लाख ५० हजार आम्दानी गर्दै आएको बताए।

उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन्। ‘केराखेतीबाट वार्षिक १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छु। यो वर्ष २ सय ९२ केराका बोट हावाले ढाल्यो’, उनले भने। उनले फार्ममा अहिलेसम्म १५ लाख रुपैयाँ लगानी गरेका छन्।

उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन्। ‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ। उत्पादन गर्न सके बजारको समस्या छैन। खसीबोका पोखरा पठाउँछु’, किसान क्षेत्रीले भने, ‘चरन क्षेत्रको समस्या छैन।’

यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन्। एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ। सरकारले कृषि क्षेत्रमा प्रगति हासिल गर्न रकममा भन्दा दानापानीमा अनुदान दिनुपर्ने उनको सुझाव छ। (रासस)

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...