News Portal

ओलीले दुईतिहाइको महत्त्व नबुझ्दा सरकार असफल : महत

७०८ पटक

काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढी गफ गरिरहेको आरोप लगाए । ‘गफ गरेर समृद्धि आउँछ? समृद्धि हाँसिल गर्न त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं’, उनले भने ।

वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै उनले सरकारलाई असफलताको संज्ञा दिए । उनले भने, ‘ओली सरकारले दुईतिहाइको महत्व बुझ्न सकेन । सरकारकै कारण मुलुकमा लगानीको वातावरण बनेको छैन ।’

उनले आगामी दिनमा आफ्नो पार्टी एक ढिक्का भएर मुलुक र जनताको हितमा लाग्ने विश्वास दिलाए । उनले भने,‘कांग्रेसले काम गरेर जनताको मन जित्छ । समृद्धि कसरी आउँछ भन्ने कुरा हामीलाई थाहा छ।’

उनले सबै जनताको घरदैलामा समृद्धिको पाइला पुगोस भन्दै तिहारको शुभकामना दिए । ‘कांग्रेस लोकतन्त्रमा आधार रहेर अग्रसर हुन्छ’, महतले भने, ‘बिपीले भने जस्तो सबै नेपालीलाई समृद्ध बनाउन चाहन्छौं । विपक्षमा रहेरपनि हामी नडगमगाई आफ्नो भूमिका निर्वाह गर्छौं ।’ अन्नपूर्णमा खबर छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...