News Portal

धरानको पानबारीस्थित जङ्गलमा महिला मृत फेला

सुनसरीको धरान-६ पानबारी क्षेत्रमा अवस्थित जङ्गलमा एक महिलाको शव भेटिएको छ।

संगीता गुरुङ
३०१ पटक

धरान, चैत्र २७ – सुनसरीको धरान-६ पानबारी क्षेत्रमा अवस्थित जङ्गलमा एक महिलाको शव भेटिएको छ। मृतक महिला लगभग ३५-४० वर्षका देखिन्छन्, तर उनको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले जानकारी दिँदै भने, “महिला नाङ्गो अवस्थामा फेला परेकी हुन्, तर यस घटनामा हत्या भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने कुरा स्पष्ट गर्न सकिएको छैन।”

स्थानीयहरूको भनाइअनुसार, महिलाको शवमा बलात्कारपछि हत्या गरिएको आशङ्का व्यक्त गरिएको छ। शवको माथिल्लो भागमा लुगा लगाइएको देखिन्छ भने, घाँटीमा कालो कपडाले बाँधेर रुखमा लट्काइएको अवस्था थियो।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान शुरु गरिसकेको छ र थप तथ्य पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...