News Portal

धरानको पानबारीस्थित जङ्गलमा महिला मृत फेला

सुनसरीको धरान-६ पानबारी क्षेत्रमा अवस्थित जङ्गलमा एक महिलाको शव भेटिएको छ।

संगीता गुरुङ
३५५ पटक

धरान, चैत्र २७ – सुनसरीको धरान-६ पानबारी क्षेत्रमा अवस्थित जङ्गलमा एक महिलाको शव भेटिएको छ। मृतक महिला लगभग ३५-४० वर्षका देखिन्छन्, तर उनको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले जानकारी दिँदै भने, “महिला नाङ्गो अवस्थामा फेला परेकी हुन्, तर यस घटनामा हत्या भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने कुरा स्पष्ट गर्न सकिएको छैन।”

स्थानीयहरूको भनाइअनुसार, महिलाको शवमा बलात्कारपछि हत्या गरिएको आशङ्का व्यक्त गरिएको छ। शवको माथिल्लो भागमा लुगा लगाइएको देखिन्छ भने, घाँटीमा कालो कपडाले बाँधेर रुखमा लट्काइएको अवस्था थियो।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान शुरु गरिसकेको छ र थप तथ्य पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...