News Portal

राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

संगीता गुरुङ
१७० पटक

काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनकै सिलसिलामा सिंहदरबारभित्र प्रवेश गरी नाराबाजी गरिरहेका राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई प्रहरीले पक्राउ गरेपछि नियन्त्रणमा लिइएकाको संख्या सात पुगेको हो। कटवाल राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको टोलीमै थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार पक्राउमा परेकामा अध्यक्ष लिङ्देनसहित ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल छन्।

प्रहरीले सबैलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको जनाएको छ।

सिंहदरबार क्षेत्र केही समय तनावपूर्ण बनेको भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...