News Portal

राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

संगीता गुरुङ
२५३ पटक

काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनकै सिलसिलामा सिंहदरबारभित्र प्रवेश गरी नाराबाजी गरिरहेका राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई प्रहरीले पक्राउ गरेपछि नियन्त्रणमा लिइएकाको संख्या सात पुगेको हो। कटवाल राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको टोलीमै थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार पक्राउमा परेकामा अध्यक्ष लिङ्देनसहित ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल छन्।

प्रहरीले सबैलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको जनाएको छ।

सिंहदरबार क्षेत्र केही समय तनावपूर्ण बनेको भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...