News Portal

  • शिक्षक महासंघको आन्दोलनप्रति विप्लव नेतृत्वको नेकपाको ऐक्यबद्धता

    नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्ण समर्थन जनाएको छ।

    संगीता गुरुङ
    २०२ पटक

    काठमाडौं, चैत्र २१ – नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्ण समर्थन जनाएको छ।

    नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै २० गतेदेखि जारी आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभाग प्रमुख भेषराज सीद्वारा जारी विज्ञप्तिमा हजारौँ शिक्षक, शिक्षिका तथा विद्यालय कर्मचारीहरू न्यायका लागि संघर्षरत रहेको भन्दै आन्दोलनको पूर्ण सफलताको शुभकामना व्यक्त गरिएको छ।

    विज्ञप्तिमा उल्लेख गरिएको छ कि नेपाली शिक्षकहरूले वैज्ञानिक, व्यवहारिक, जीवन उपयोगी, निःशुल्क तथा सर्वसुलभ शिक्षा र शिक्षण पेशाको सम्मानका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। तर, सरकारहरूले बारम्बार सम्झौता गरे पनि ती सम्झौताहरू कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोरिँदै आएको भन्दै नेकपाले सरकारप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ।

    पार्टीले शिक्षकहरूको मागलाई उपेक्षा नगर्न सरकारलाई सचेत गराउँदै अविलम्ब नयाँ शिक्षा ऐन पारित गर्न आग्रह गरेको छ। नेकपाका अनुसार अब शिक्षकहरू आधा बाटोमा रोकिने छैनन्, माग पूरा नभएसम्म संघर्ष जारी राख्नेछन्। सरकारको ढिलासुस्तीका कारण शिक्षण क्षेत्र अस्तव्यस्त भएको भन्दै यसतर्फ गम्भीर ध्यान दिनुपर्ने नेकपाको धारणा रहेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...