News Portal

मोरङको रतुवा खोलाको पुलमा १५ बर्षपछि पुनः अर्को पिलर थप्दै

रबिन्द्र बराल, मोरङ
३७९ पटक

चैत्र-२३, शुक्रबार/मोरङ – मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा पुल बन्न थालेको १५ बर्ष बितिसक्दा समेत अझै पुल निर्माण सम्पन्न हुन सकेको छैन।

नेपाल सरकारले सिमावर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अहिले काम भने अधुरै रहेको छ। मोरङको र झापा जोडिने रतुवा खोलामा बिगत १५ बर्षदेखि काम सुरु भएता पनि १५ बर्षको अबधिमा पुल निर्माण सम्पन्न हुन सकेको छैन । 

सो भेगमा रहेका स्थानीयहरु अहिलेसम्म पुल नबन्दा कागलाई बेल पाक्यो हर्ष न विष्मत भएको छ । ०६५  सालमा औतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छेदारले उक्त पुलको शिलान्यास गरेका थिए। पुल शिलान्यस भएको १५ वर्षको अबधिमा भौतिक निर्माण मन्त्री बने नयाँ धेरै ठाउँमा पुल बाटो बने रतुवाको पुलमा भने कुनै परिवर्तन आएन्।

बर्षयाममा खोलामा आउने बाढिका कारण पानीले हरेक बर्ष खोलाको धार बदल्ने भएपछि पुन: पूर्वतर्फबाट एउटा पिलर थप गर्ने र पश्चिमबाट दुईवटा पिलर थप गर्नुपर्ने भएपछि अहिले उक्त पुलको काम धमाधम भइरहेको र पुललाई सुरक्षित राख्नका लागि खोलामा टतबन्धन सुरु भएको छ । 

नेपाल सरकारले देव एण्ड सायर, समता, आशिषदेव जेबी बिर्तामोड झापालाई ०७९ असारमा सो पुलको तटबन्ध १२ सय मिटर लम्बाई र पुलको बाँकी निर्माणकार्यका लागि २१ करोड रुपैयाँ बराबरमा  ठेक्का दिएको थिए। 

उक्त काम ०८२ असारसम्म निर्माण सम्पन्न निर्माणकार्य गर्नेका लागि जिम्मा समेत लगाएको छ । हुलाकी सडक निर्माण कार्यालयका इन्जिनियर प्रभात किरण राईका अनुसार उक्त काम असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरेर पुलबाट दुई चक्के सवारी साधन समेत आवतजावत गर्न सकिने गरी द्रुतगतिमा निर्माण कार्य भईरहेको राईले बताए । 

स्थानीयले बर्षाको समयमा खोलामा ढुंगा (नाउ) को प्रयोग गरी आवतजावत गर्न बाध्य रहेका छन्। स्थानीय इन्द्र देवका अनुसार कन्काईको ठूलो पुल त बन्न सक्छ भने यो पुल बनाउन सरकारकै ढिला सुस्तिका कारणले पुल बन्न नसकेको र अहिले पुनः काम सुरु भएता पनि असारसम्म उक्त पुलको काम सम्पन्न नहुने उनीहरुको आशंखा छ।

प्यारु लाल राजवंशीका अनुसार खोलाको पश्चिमपट्टि तटबन्धन बाँधेपछि अब गाउँमा पानी नपस्ने र खेती योग्य जमिन समेत पानीले नबगाउने र पुल पनि अब असार भित्रमा सुचारु हुने उनले बताएका। सो पुल निर्माण भए र संचालनमा आएमा विराटनगरदेखि भद्रपुरसम्म आवत जावत गर्नेका लागि सर्वसाधारणहरुले विराटनगर, ईटहरी, दमक र बिर्तामोड जाने झन्झटबाट मुक्त पाउने र हुलाकी राजमार्गको बाटो आवत जावत गर्ने  छोटो र सहज हुने  स्थानीयहरुले बताउँ छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...