
काठमाडौँ, असोज १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने भएको छ।
निगमका अनुसार यात्रु तथा सवारीसाधनको चाप बढ्ने पर्वमा पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउनका लागि सातै प्रदेशका कार्यालयसहित १३ वटा डिपो सञ्चालनमा रहनेछन्।
यसअन्तर्गत कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय तथा धनुषा, चारआली, वीरगन्ज, नेपालगञ्ज, दाङ र दीपायलका डिपो सार्वजनिक बिदामा पनि खुला रहने व्यवस्था मिलाइएको छ।
दसैँमा सवारीसाधनको प्रयोग बढ्ने भएकाले इन्धन खपत पनि बढ्ने अनुमान गरिएको छ। त्यसैले वितरणमा समस्या नआओस् भन्नेकाममा निगमले विशेष तयारी गरेको हो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
