News Portal

  • कांग्रेस, माओवादी र एकीकृत समाजवादीको अध्यक्षमा दाबी

    सुभाष साह
    १४७ पटक

    काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि सत्तारूढ दलभित्र सहमति जुट्न सकेको छैन। सत्तारूढ दलभित्र रहेका प्रमुख तीन पार्टीले अध्यक्ष पाउनुपर्ने भन्दै आआफ्नै रणनीतिअनुसार अगाडि बढेका छन्।

    नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको अध्यक्षका लागि दाबी गरिरहेका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको पदावधि २० फागुनपछि सकिँदै छ। १९ सदस्यका लागि ११ माघमा निर्वाचन हुने र एक जना राष्ट्रपतिबाट हुनेछन्।

    राष्ट्रिय सभाका अध्यक्ष ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिलगायतका निर्णयमा महŒवपूर्ण भएकाले तीनवटै दलले अध्यक्षमा दाबी गरेका हुन्। सत्तारूढ दलभित्र सिट बाँडफाँटको प्रारम्भिक चरणको छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी नै छ। सिट बाँडफाँटमा कुनै समस्या नभए पनि अध्यक्ष कसले लिने भन्ने विषय पेचिलो बनेको बालुवाटार स्रोतले जनाएको छ।

    ‘अहिले सिट बाँडफाँटमा कुनै समस्या छैन। मोटामोटी मिलिसकेको छ। तर, राष्ट्रिय सभाका अध्यक्ष संवैधानिक परिषदको समेत सदस्य हुने र संवैधानिक पदाधिकारीको नियुक्तिलगायतका निर्णयमा महŒवपूर्ण भएकाले त्यसमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तीनवटै दलको दाबी रहेको छ,’ बालुवाटार स्रोतले भने।

    राष्ट्रिय सभाको अध्यक्षका लागि कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन्। पार्टी सभापति शेरबहादुर देउवासमक्ष उनीहरूले आफ्नो दाबी प्रस्तुत गर्दै अध्यक्ष छोड्न नहुने भन्दै दबाब बढाएका छन्। ठुलो दलको नाताले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले नै पाउनुपर्ने भन्दै उनीहरूले देउवालाई अडान नछोड्न दबाब बढाएका छन।

    कांग्रेसका सहमहामन्त्री रहेका फरमुल्लाह मन्सुरले समेत अध्यक्ष पाउनुपर्ने दाबी गरेका छन्। तर, श्रेष्ठ र सिटौलामध्ये कोही एक जना भए आफूले दाबी नगर्ने उनले जनाएका छन्। श्रेष्ठ, सिटौला र मन्सुरले अध्यक्षका लागि दबाब दिएपछि सभापति देउवालाई पनि सकस परेको छ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ठुलो दलको नाताका साथै अन्य विभिन्न कारणले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउने बताए। यद्यपि यसमा अन्तिम टुंगो गठबन्धनभित्र नलागेको बताउँदै उनले त्यसका लागि सिटौलालगायतका नेता उपयुक्त रहेको बताए।

    सरकारको नेतृत्व माओवादीले गरेको, प्रतिनिधि सभामा एमालेबाट सभामुख भएको अवस्थामा शक्ति सन्तुलनको हिसाबले पनि संवैधानिक परिषदमा कांग्रेसको सहभागिताका लागि अध्यक्ष पाउँनेमा गठबन्धनभित्र कुनै समस्या नहुने उनले बताए। शान्ति प्रक्रिया, संविधान लेखनदेखि अन्य विभिन्न कारणले सिटौला अध्यक्षका हुनु राम्रो भएको बताउँदै उनले शान्ति प्रक्रियाका बाँकी कामसमेत पूरा गर्न आवश्यक रहेको बताए।

    संविधान जारीपछि भएको दुई संसदीय निर्वाचनमा पराजय बेहोरेका सिटौलाको प्रभाव कांग्रेसभित्र पहिलाजस्तै नभएको बताइएको छ। दोस्रो संविधानसभामा मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौला त्यसपछि भएका २०७४ र २०७९ को संसदीय निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्र शक्तिहीन अवस्थामा पुगेका छन्।

    कांग्रेस पूर्वउपसभापति रहेका श्रेष्ठले समेत सदस्य हुदै राष्ट्रिय सभा अध्यक्ष बन्न खोजेका छन्। श्रेष्ठ समानुपातिकबाट सांसद हुन नसकेपछि राष्ट्रिय सभामा आउन लागेका हुन्। उनले आफ्नो नाम समानुपातिक सूचीबाट हटाइसकेका छन्। कांग्रेसले श्रेष्ठसहित चार जनाको नाम समानुपातिक सूचीबाट हटाउने निर्णय यसअघि नै गरेर निर्वाचन आयोगमा बुझाइसकेको छ।

    श्रेष्ठ र सिटौला अध्यक्ष हुने दौडमा रहेका बेला एकीकृत समाजवादीले अध्यक्ष आफ्नो पार्टीको भागमा पर्नेमा विश्वस्त छ। एमालेबाट राष्ट्रिय सभा अध्यक्ष रहेकाले खाली हुने सो पद आफ्नो हुनुपर्ने र पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन एकीकृत समाजवादीले अध्यक्षमा दाबी गरेको छ।

    एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार अध्यक्ष माधवकुमार नेपालले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्। यसअघि नै यस विषयमा गठबन्धभित्र अनौपचारिक छलफल भइसकेकाले पुनःस्मरण मात्रै गराएको दाबी ती पदाधिकारीको छ।

    एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसाललाई ल्याएर एक अर्को सांसदलाई मन्त्री बनाउन खोजेको बताइएको छ। पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन अध्यक्ष नेपालले यसमा थप छलफल गर्दै अघि बढ्न खोजेका छन्।

    एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन सकिएपछि मात्रै यो विषयमा बताउन सकिने बताए। ‘पहिला निर्वाचन सकियोस् अनि मात्रै अरू कुरा गरौंला,’ उनले भने।

    कांग्रेस र एकीकृत समाजवादीले अध्यक्षमा दाबी गर्दै गर्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले समेत अध्यक्षमा दाबी गरेको छ। माओवादी केन्द्रका सचिवसमेत रहेका गणेश साह वा रामनारायण बिडारीमध्ये एकलाई सदस्य बनाउँदै अध्यक्ष बनाउन माओवादीले खोजेको छ। यद्यपि, सरकारको समेत नेतृत्व गरिरहेका कारण यसमा आफ्नो दाबी भएपनि प्रचण्ड पछि हट्न सकिने बताइएको छ।

    यसैबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका तीन शीर्ष नेताको बैठकमा राष्ट्रिय सभा अध्यक्ष र सदस्यको सिट बाँडफाँट छलफल भएको छ।

    प्रतिकृया दिनुहोस्

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal