News Portal

कुवेतमा काम गर्ने आप्रवासी श्रमिकका लागि उपयोगी जानकारी

हिमालीसंचार संवाददाता
५१५ पटक

कुवेत–  रोजगारका लागि आवासिय भिसा तथा श्रम ईजाजत दुवै आवश्यक पर्दछ । कुवेत सरकारको आधिकारिक अनलाइन पार्टल(वेभसाइट) ले कसरी आप्रवासी श्रमिकहरुले श्रम ईजाजत लिन, बसोवास अनुमति प्राप्त गर्न तथा परिचयपत्र प्राप्त गर्नका साथै गैरकुवेती चालक अनुमतिपत्र कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने जानकारी उपलव्ध गराउँछ । यसका साथै आप्रवासी श्रमिकको स्वास्थ्य जाँचका लागि समेत यस मार्फत अनुरोध गर्न सकिन्छ ।

उचित श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्नुहोस्  

आफूसँग रोजगार सम्वन्धि लिखित सम्झौतापत्र हुनु आवश्यक कुरा हो । कुनै पनि सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि राम्रोसँग पढ्नुहोस् । सम्झौतापत्रमा लेखिएका कुनै कुरामा आफू सहमत नभएमा वा नबुझेमा हस्ताक्षर नगर्नुहोस्, आफ्नो रोजगारदातासँग छलफल गर्नुहोस् । तपाईको सम्झौतापत्रमा तपाईको विवरण, तपाईको रोजगारदाताको विवरण, श्रम सम्झौताको अवधि, तपाईको कामको जिम्मेवारी तथा कार्यसमय, बार्षिक विदा तथा अन्य विदाहरु, तलव तथा सुविधा, अतिरिक्त समयको कामको भुक्तानी गणना पद्धती, रोजगारी अन्त्य हुँदा प्राप्त गर्ने सुविधा तथा रोजगार सम्झौता भंग हुने अवस्थाहरुका बारेमा लेखिएको हुनुपर्दछ । यसैगरी आफूले हस्ताक्षर गरेको सम्झौताको एक प्रति आफूसँग राख्नुहोस् ।

सुचूचित रहनुहोस्

कुवेतको श्रम कानूनका बारेमा जानकार रहनुहोस् । कुवेत सरकारको आधिकारिक अनलाइन पोर्टल(वेभसाइट) ले श्रम कानून सहित मुलुकको कानूनी व्यवस्था का बारेमा जानकारी दिन्छ ।

आफ्नो अधिकारका बारेमा थाहा पाउनुहोस्

आप्रवासी श्रमिकको नाताले कुवेतमा तपाईले आफ्नो कागजात आफैंसँग राख्न पाउने, मासिक रुपमा तलव, सुविधा भुक्तानी पाउने, बार्षिक विदा, स्वास्थ्य सम्वन्धि विदा लिन पाउने, हप्तामा एक दिन तलवी साप्ताहीक विदा पाउने, कामको बीचमा हरेक दिन एक घण्टा आराम गर्ने समय पाउने, अतिरिक्त समय काम गर्दिन भन्न पाउने, काम सकेपछि कार्यथलोबाट बहिरिन पाउने तथा स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने अधिकार राख्नुहुन्छ । कुवेती मानव अधिकार समाज, कुवेत स्थीत डेनमार्कको दूतावास तथा कुवेतको आन्तरिक मामिला मन्त्रालयको समन्वयमा घरेलु श्रमिकको लागि सचेतनामूलक हातेपुस्तीका तयार पारेका छन् । यो हातेपुस्तीका अरविक, अंग्रेजी, तागालोग, हिन्दी, उर्दू तथा फ्रेञ्च भाषामा उपलव्ध छ । यसैगरी आइओएमले भारतीय श्रमिकहरुका लागि सहयोगी पुस्तीका पनि तयार पारेको छ ।

कुनै दुव्र्यवहार भएमा मद्धत माग्नुहोस्

रोजगारदाताले श्रम सम्झौता उल्लंघन गरेमा कुवेतको श्रम विभागमा उजुरी गर्नुहोस् । कुवेतको आन्तरिक मामिला मन्त्रालयले सामाजिक मामिला तथा श्रम मन्त्रालयसँगको समन्वयमा महिला घरेलु श्रमिकहरु जो रोजगारदाता छोडेर निस्केका छन् उनीहरुका लागि अस्थायी आवासगृह सञ्चालन गरेको छ ।

अन्य उपयोगी जानकारीहरु

 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...