News Portal

मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्षले श्रीमतिलाई बृद्धभत्ता दिलाए

हिमालीसंचार संवाददाता
४९४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ६ का वडाध्यक्षलेलआफ्नै श्रीमतिको उमेर बढाएर बृद्घभत्ता खाने गरेको रहस्य सार्वजनिक भएको छ । 

रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तुलाराम लुईटेलले श्रीमति भक्तकुमारी लुइटेललाई विस २०७९ चैत्र १ गतेदेखि सामाजिक सुरक्षा भत्ता दिन थालेको रहस्या खुलासा भएको हो । भक्तकुमारी लुइटेलले २०४६ सालमा टोलीबाट नागरिकता लिदा उनको जन्म मिति २०१८ माघ ९ गते रहेको र उनको उमेर ६१ बर्ष मात्रै पुग्ने देखिन्छ। तर, सोही अनुसार मतदाताको परिचपत्रमा समेत२०१८ जन्म मिति कायम भएको देखिएको छ। वडाध्यक्षको श्रीमति भक्तकुमारी लुइटेलले इलाका प्रशासन कार्यालय रंगेलीबाट विस २०७८ माध १० गते लिएको देखिन्छ । प्रतिलिपी नागरिकतामा जन्म मिति २०११ माघ ९ गते कायम गरेको र  उनको उमेर ६८ बर्षको पुगेको देखिन्छ । 

नेपाल सरकारले बृद्घ भत्ता दिनका लागि ७० बर्ष कायम गरेता पनि १ बर्ष अगाडिदेखि ६८ बर्ष कायम गरेपछि अहिले बृद्घ भत्ता खाने बृद्ध, बृद्घाहरुको संख्या समेत बढिरहेको छ । सोही भत्ता खानका लागि वडाध्यक्षले आफ्नो श्रीमतिको उमेर समेत ६८ बर्ष बनाएर सत्ताको र शक्तिको दुरुपयोग गरेर मासिक ४ हजार रुपैयाँ बुझ्ने गरेको देखिन्छ । 

तुलाराम लुइँटेल नेकपा एमालेबाट दुई पटक वडा अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि भएका हुन । वडा कार्यालयको रेकर्डका अनुसार सप्तकोशी बैकमा नगरले पठाएको फोटो सहितको अभिलेखमा फोटो समेत नगारिकताबाट इस्क गरेर पठाएको भेटिएको छ। तर, आम सर्वसाधारणहरुको अभिलेखमा भने अटो साइजको फोटो टास गरेको देखिन्छ।

वडाअध्यक्ष तुलाराम लुइँटेलसंग सम्पर्क गर्दे उनले भने मेरो नियत त्यस्तो नभएको मतदाता परिचयपत्रमा मात्रै विस २०१८ सालको जन्म मिति भएको तर नागरिकतामा भने मिति २०११ साल नै रहेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...