“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
प्रजातान्त्रिक समाजबादका, नारा धेरै सुने।
खुन पसिना बगाउॅदैं जुलुसमा पनी हिडे॥
जेल, नेल, निर्वासनमा-कैंयौ बर्ष बिते।
प्यासो धरानको तिर्खा मार्न, हर्कले नै जिते॥
“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
माक्सवाद, लेनिनवाद-माओवाद देखे।
झापादेखि जबजको फड्को पनि देखे॥
बृद्ध भत्ता बाड्ने नेता मनमहोन पनि देखे।
तर, धरानेले आश लाग्दो-हर्कलाई नै देखे॥
“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
जीनयुद्ध गौरवशाली भन्ने क्रान्तिकारी पनि हेरे।
लडाकुको विजोक फाको आखै सामु देखे॥
गठबन्धनको जोड घटाउमा नाटक मञ्चन गर्छन्।
ज्यानको बाजी थाप्दै हर्क-पानी खुवाउछु भन्छन् ॥
“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो
श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो”
यथार्थको धरातलमा खुट्टा टेक्नु परो।
मोति बिन्दु भए दलका, आखा फेर्नु परो॥
भाषणको अमृतवाणी जनता झुक्याउने।
धरानको ढुकढुकीमा, हर्क साम्पाङ सुहाउने॥
कवि हिरा रिजाल
धरान-१२, सुनसरी, नेपाल