News Portal

मकवानपुरमा भव्य रुपमा तामाङ समुदायले सोनाम ल्होछार मनाए

हिमालीसंचार संवाददाता
२७३ पटक

युवा राई/हेटौडा – मकवानपुर तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी समपन्न गरेका छन्।

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायमा यो दिन हर्साल्लास देश विद्शमा साथ मनाउँछन्।

ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी बिरालो वर्ष प्रवेश हुन्छ। यो २८५९औँ सोनाम ल्होछार हो। मञ्जुश्री पात्रो शुरु भएको २८५९ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष हुन्छ।

यस अवसरमा हेटौड़ामा पनी घलान भाईगुठार हेटौडा ८ कमानेमा विशेष कार्यक्रमको आयोजना गरीएको थियो । सोनाम ल्होछारको अवसरमा आफन्तजन भेटघाट तथा एक अर्कामा शुभकामना आदनप्रधान गरिएको थियो साथै तामाङ खाना, भेषभूषा, कला संस्कृति झल्कीन नृत्य प्रस्तुत गरिएको थियो। घलान भाईगुठार  समितिका आयोजक बिरमान घलानको उपस्थिथिमा कार्यक्रम सम्पन्न भएको थियो। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...