News Portal

सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालको निरन्तर अग्रता, मतान्तर बढाउदै अशोक राई

हिमालीसंचार संवाददाता
८२५ पटक

धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १५,११४ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन् ।निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७०,७२० मतपरिणाम अनुसार राईले १५,११४ मत प्राप्त गरी अग्रता लिएका हुन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)ले १४,६२९ मत प्राप्त गरी जसपा नेपालका राईलाई पछ्याई रहेकी छिन्। राईले ४८५ मत सहित अग्रता कायम गरिरहेका छन्। 

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले – ११,५६२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा – ७,१९० मत, राप्रपाका अशोककुमार राई (अविरल)ले – ७,००३ मत र स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जारमा – ३,७२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...