News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: अशोक राईले लिए अग्रता

    हिमालीसंचार संवाददाता
    ६८३ पटक

    धरान – सुनसरी-१ प्रतिनिधिसभा सदस्यतर्फको कुल ६७,१२३ मतगणनाको ताजा नतिजा सार्वजनिक हुदा एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १४,१०५ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन) ले १३,९८७ मत प्राप्त गरेकी छिन्। उनीहरुको ११८ मतको मतान्तर रहेको छ।

    लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले १०,९९० मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा ६,९२९ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले ६,४६० मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,६६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

    जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर २४८ मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-१७५ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले- १८५ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी- ६६८ मत प्राप्त गरेका छन्। 

    यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-२५९ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-१६२ मत, स्वतन्त्र उम्मेदवार कुमार कार्कीको चुनाव चिन्ह्र धण्टा घर-१,७६३ मत, स्वतन्त्र उम्मेदवार कुल बहादुर लिम्बुको चनाव चिन्ह्र क्रस खुकुरी-२५१ मत, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार राईको चुनाव चिन्ह्र चापाकल – ११४ मत प्राप्त गरे।

    स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-५० मत, स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-३,७२२ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-५३ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी- १३१ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ- ३५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ। 

    सुनसरी-१ (ख) प्रदेशसभातर्फ एमाले राईको निरन्तर अग्रताः  

    सुनसरी – १ (ख) प्रदेशसभातर्फ नेकपा (एमाले)का उम्मेदवार विजयकुमार राईले ८,३८१ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। 

    प्रदेशसभा (ख) तर्फको मतपरिणाम सार्वजनिक गर्ने क्रममा निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले दिएको जानकारी अनुसार २६,३४४ मतगणनाको मतपरिणाम सार्वजनिक गर्दा राईले अग्रता कायमै राखेका हुन्। 

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अनिश ढकालले ५,३०५ मत, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईको चुनाव चिन्ह्र लालटिनमा २,४८६ मत, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राईले ३,८०२ मत, स्वतन्त्र रोहित सुब्बाको चुनाव चिन्ह्र क्यालकुलेटरमा ३,२८० मत प्राप्त गरेका छन्। 

    संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले ६६६ मत, स्वतन्त्र उम्मेदवार मित्राकुमारी अधिकारीको चुनाव चिन्ह्र पानीको धारामा-३९० मत, नागरिक उन्मुक्ति पार्टीका ओमप्रकास थारुको पिध नभएको साधा ढकिया- ६८ मत, किरात खम्बुवान साझा पार्टीका भूपि राईले २९६ मत, स्वतन्त्र उम्मेदवार विन्द्रमान राईको चुनाव चिन्ह्र विजुलीको चिममा – ३०८ मत स्तन्त्र उम्मेदवार शरण राईको चुनाव चिन्ह्र केराको काइयोमा – ४० मत, स्वतन्त्र उम्मेदवार राजन बस्नेतको चुनाव चिन्ह्र फुटबल खेलाडीमा- ४० र स्वतन्त्र उम्मेदवार रिकेश विश्वकर्माको चुनाव चिन्ह्र सारंगीमा- ३८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए। 

    प्रतिकृया दिनुहोस्

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...