News Portal

  • सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: राष्ट्रिय स्वतन्त्र पार्टीको निरन्तर अग्रता, प्रदेशसभा-२ तर्फ एमालेको अग्रता

    हिमालीसंचार संवाददाता
    ३८७ पटक

    धरान – सुनसरी-१ प्रतिनिधिसभा सदस्यतर्फको कुल ६२,४४८ मतगणनाको ताजा नतिजा सार्वजनिक हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)ले १३,११७ मत प्राप्त गरी अग्रता कायमै राखेकी छिन्। 

    एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १२,७०७ मत प्राप्त गरेका छन्।उनीहरुको ४३४ मतको मतान्तर रहेको छ। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले १०,११६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा ६,७४९ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले ६,०२२ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,६३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

    जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-२२३ मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-१४६ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले- १३९ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी- ५८२ मत प्राप्त गरेका छन्। 

    यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-२३१ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-१५७ मत, स्वतन्त्र उम्मेदवार कुमार कार्कीको चुनाव चिन्ह्र धण्टा घर-१,६३२ मत, स्वतन्त्र उम्मेदवार कुल बहादुर लिम्बुको चनाव चिन्ह्र क्रस खुकुरी-२३४ मत, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार राईको चुनाव चिन्ह्र चापाकल – १११ मत,  स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-४२ मत, स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-३,६७३ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-४९ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-१२६ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-३४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ। 

    सुनसरी-१ (ख) प्रदेशसभातर्फ एमालेको निरन्तर अग्रताः 

    सुनसरी – १ (ख) प्रदेशसभातर्फ नेकपा (एमाले)का उम्मेदवार विजयकुमार राईले ६,८८९ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। 

    प्रदेशसभा (ख) तर्फको मतपरिणाम सार्वजनिक गर्ने क्रममा निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले दिएको जानकारी अनुसार २१,८२९ मतगणनाको मतपरिणाम सार्वजनिक गर्दा राईले अग्रता कायमै राखेका हुन्। 

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अनिश ढकालले ४,५१२ मत, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईको चुनाव चिन्ह्र लालटिनमा २,३४२ मत, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राईले ३,३०५ मत, स्वतन्त्र रोहित सुब्बाको चुनाव चिन्ह्र क्यालकुलेटरमा २,१९९ मत प्राप्त गरेका छन्। 

    संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले ५३८ मत, स्वतन्त्र उम्मेदवार मित्राकुमारी अधिकारीको चुनाव चिन्ह्र पानीको धारामा-३६७ मत, नागरिक उन्मुक्ति पार्टीका ओमप्रकास थारुको पिध नभएको साधा ढकिया-३९ मत, किरात खम्बुवान साझा पार्टीका भूपि राईले २८० मत, स्वतन्त्र उम्मेदवार विन्द्रमान राईको चुनाव चिन्ह्र विजुलीको चिममा – २५६ मत स्तन्त्र उम्मेदवार शरण राईको चुनाव चिन्ह्र केराको काइयोमा – ३५ मत, स्वतन्त्र उम्मेदवार राजन बस्नेतको चुनाव चिन्ह्र फुटबल खेलाडीमा-२९ र स्वतन्त्र उम्मेदवार रिकेश विश्वकर्माको चुनाव चिन्ह्र सारंगीमा- ३४ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...