News Portal

मोरङको क्षेत्र नं. ५ मा शिवकुमारलाई हराउदै स्वतन्त्र उम्मेदवार योगेन्द्र निर्वाचित

हिमालीसंचार संवाददाता
३५० पटक

रविन्द्र बराल/मोरङ – मोरङको क्षेत्र नं. ५ मा प्रतिनिसभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१,८२० मत प्राप्त गरी निर्वाचित भएका छन्। 

उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डलले १७,४८६ मत प्राप्त गरेका थिए। उनीहरुको मतान्तर ४,३३४ रहेको छ। त्यस्तै, जसपाका राजकुमार यादवले १७,३९० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ। 

अघिल्लो निर्वाचनमा नेपाली काग्रेसका अमृत अर्याललाई हराउदै निर्वाचित भएका नेकपा (माओवादी केन्द्र)का नेता मण्डल ०७० सालमा देउवा नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट आपूर्ति मन्त्री बनेका थिए । यता स्वतन्त्र उम्मेदवारी दिएका मण्डल भने विद्यार्थीकालको राजनीति गर्दा मात्रै निर्वाचनमा जितेको अनुभव रहेको बताउछन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...