News Portal

खोटाङमा लोकतान्त्रिक वाम गठबन्धनका रामकुमार राई (पासाङ) निर्वाचित

हिमालीसंचार संवाददाता
३४३ पटक

खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ तर्फ नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ)ले ३१,३५१ मत प्राप्त गरी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विशाल भट्टराईलाई २,६६९ मतान्तरले पराजित गरेका हुन् । पराजित विशाल भट्टराईले२८,६८२ मत ल्याएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उमेदवार कृष्णकुमार राईले १,९१४  मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १,७६१ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले २४० मत,  मंगोल नेशनल अर्गाईजेशनका दिपक मगरले १३१ मत, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणी राईले २०४ मत र स्वतन्त्र उमेदवार जयन्द्रकुमार राईले २३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय खोटाङले जानकारी दिएका छन्।

प्रदेशसभा (क) तर्फ एमालेका पाँचकर्ण राई निर्वाचित: 

खोटाङ – खोटाङ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईले १३ हजार १५७ मत प्राप्त गरी निर्वाचित भएका हुन्। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईले ११ हजार ९६५ मत प्राप्त गरी पराजित भएका हुन्।

लोकतान्त्रिक वाम गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ३ हजार १४५ मत ल्याए । त्यस्तै, जसपा नेपालका राकेश राईले २ हजार ३४० मत, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५२५ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयोग राईले १६४ मत, नेमकिपाका केशव राईले ८२ मत, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय खोटाङले  जनाएको छ 

प्रदेशसभा (ख) तर्फ कांग्रेसका भूपेन्द्र राई निर्वाचित : 

प्रदेशसभा (ख) तर्फ लोकतान्त्रिक वाम गठबन्धन कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १६ हजार ४९६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। नेकपा एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत प्राप्त गरी पराजीत भए। 

निर्वाचित राई दिप्रुङ चुईचुम्मा गाउँपालिका पूर्व अध्यक्ष हुन्। उनी अध्यक्ष रहेका बेला कोभिड-१९ संक्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म पु¥याएर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाएका थिए ।

त्यस्तै, जसपाका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १०१ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले १०९ मत प्राप्त गरेको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...