News Portal

खोटाङ प्रदेशसभा तर्फ एमालेका पाँचकर्ण राई, कांग्रेसका भूपेन्द्र राई निर्वाचित

हिमालीसंचार संवाददाता
२७० पटक

खोटाङ – खोटाङ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईले १३ हजार १५७ मत प्राप्त गरी निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईले ११ हजार ९६५ मत प्राप्त गरी पराजित भए।

लोकतान्त्रिक वाम गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ३ हजार १४५ मत ल्याए । त्यस्तै, जसपा नेपालका राकेश राईले २ हजार ३४० मत, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५२५ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयोग राईले १६४ मत, नेमकिपाका केशव राईले ८२ मत, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय खोटाङले  जनाएको छ 

प्रदेशसभा (ख) तर्फ लोकतान्त्रिक वाम गठबन्धन कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १६ हजार ४९६ मत प्राप्त गरी निर्वाचित भएका छन् । नेकपा एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत प्राप्त गरी पराजीत भए। 

निर्वाचित राई दिप्रुङ चुईचुम्मा गाउँपालिका पूर्व अध्यक्ष हुन्। उनी अध्यक्ष रहेका बेला कोभिड-१९ संक्रमितलाई पिठ्युँमा बोकेर उपचार गराएर चर्चा कमाएका थिए ।

त्यस्तै, जसपाका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १०१ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले १०९ मत प्राप्त गरेको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...