News Portal

खोटाङ प्रदेशसभा तर्फ एमालेका पाँचकर्ण राई, कांग्रेसका भूपेन्द्र राई निर्वाचित

हिमालीसंचार संवाददाता
३०४ पटक

खोटाङ – खोटाङ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईले १३ हजार १५७ मत प्राप्त गरी निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईले ११ हजार ९६५ मत प्राप्त गरी पराजित भए।

लोकतान्त्रिक वाम गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ३ हजार १४५ मत ल्याए । त्यस्तै, जसपा नेपालका राकेश राईले २ हजार ३४० मत, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५२५ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयोग राईले १६४ मत, नेमकिपाका केशव राईले ८२ मत, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय खोटाङले  जनाएको छ 

प्रदेशसभा (ख) तर्फ लोकतान्त्रिक वाम गठबन्धन कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १६ हजार ४९६ मत प्राप्त गरी निर्वाचित भएका छन् । नेकपा एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत प्राप्त गरी पराजीत भए। 

निर्वाचित राई दिप्रुङ चुईचुम्मा गाउँपालिका पूर्व अध्यक्ष हुन्। उनी अध्यक्ष रहेका बेला कोभिड-१९ संक्रमितलाई पिठ्युँमा बोकेर उपचार गराएर चर्चा कमाएका थिए ।

त्यस्तै, जसपाका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १०१ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले १०९ मत प्राप्त गरेको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...