News Portal

सुनसरी-१ प्रतिनिधिसभा तर्फको मतपरिणाम सार्वजनिक: माओवादीले लियो निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
५३० पटक

धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल १५,२०५ मतगणना हुदा लोकतान्त्रिक वाम गठबन्धन साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ३,१७५ मत प्राप्त गरी निरन्तर अग्रता कायम राखेका छन् ।

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले २,७६४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी गोमा तामाङ (शरिन) ले २,४२८ मत, एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा १,६७२ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले १,५९४ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,२९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

त्यस्तै, जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-५७ मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-२१ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले-३८ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी-८५ मत प्राप्त गरेका छन्। 

यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-६५ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-३२ मत, स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-७, स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-४६५ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-२० मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-१० मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-२७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...