News Portal

सुनसरी – १ को मतगणना स्थगित पछिको प्रतिनिधिसभा तर्फको पहिलो मतपरिणाम सार्वजनिक, माओवादीको अग्रता कायमै

हिमालीसंचार संवाददाता
४४१ पटक

धरान – सुनसरी जिल्लाको क्षेत्र नं.१ तर्फको मतगणना धरान-८ स्थित निर्वाचन कार्यालय सभागृह धरानमा मतगणना भइरदा धरान वडा नं. ६ को मतपरिणाम ट्याली गर्ने क्रममा मतान्तर फरक भएपछि विवाद सृर्जना हुदा राती १ बजेदखि बिहान ६ बजेसम्म मतगणना स्थगित भएको थियो। हिजोसम्म ४ टोलीले मतगणना गरिरहेको सुनसरी -१ को मतगणना अहिले दुई टोलीले मात्र मतगणना गरिरहेको निर्वाच अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए।

निर्वाचन कार्यालयले विहान ८ः२७ बजे सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ३,०१२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । 

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले २,५६० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी शरिन ख्वाङ तामाङ (गोमा) ले २,१४५ मत, राप्रपाका अशोक राई (अविरल)ले १,४२५ मत एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा १,३९६ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,२८१ मत प्राप्त गरेको निर्वाचन कार्यालय सभागृह धरानले जनाएको छ। धरान वडा नं.८ सभागृहमा सुनसरी-१ को मतगणना भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...