News Portal

क्षेत्र नं. ५ (क) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित

हिमालीसंचार संवाददाता
४४८ पटक

मोरङ– मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन्। १४ हजार ८ सय ४३मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएकाे हाे।
यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता खोलेको हो। नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन्।

एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन्।मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमापछि मात्रै गर्नेै जनाएको छ।
सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ। प्रदेशसभामा निर्वाचित भएका मण्डल काँग्रेसका महासमिति सदस्य हुन्। उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...