News Portal

सुनसरी – १ प्रतिनिधिसभा तर्फको मतपरिणामः माओवादीले लियो अग्रता, जसपा नेपाल दोस्रो स्थानमा उक्लियो

हिमालीसंचार संवाददाता
४२९ पटक

धरान – सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार २२२ मत प्राप्त गरी अग्रता लिएका छन् । 

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले एक हजार १२२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। एमालेबाट बिद्रह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा एक हजार ९१ मत, राष्ट्रिय स्वतन्त्र पार्टी शरिन ख्वाङ तामाङ (गोमा) ले एक हजार ९० मत र राप्रपाका अशोक राई (अविरल) ले एक हजार ४ मत प्राप्त गरेको निर्वाचन कार्यालय सभागृह धरानले जनाएको छ। 

अहिले निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुनसरी-१ प्रतिनिधिसभा सदस्यको मतपरिणाम धरान वडा नं. १ देखि वडा नं. ४ को मतगणनाको कुल ६ हजार ४३६ मतगणना मतपरिणाम सार्वजनिक गरेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...